You are here
Home > समाचार > विप्लव समूहका मेचीनगर इञ्चार्ज पक्राउ

विप्लव समूहका मेचीनगर इञ्चार्ज पक्राउ

२२ मंसिर २०७६, आईतवार १४:०९

काठमाडौँ-नेत्रविक्रम चन्द विप्लव समूहको झापा मेचीनगर नगरपालिका इञ्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरी झापा शिवसताक्षी नगरपालिका ४ पाँचगाछीका हुन् ।  

झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत भदौ २३ गते उक्त सहकारीको निर्माणाधीन भवनमा बिस्फोट भएको थियो ।

बिस्फोट गराउने समूहको खोजी क्रममा गिरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । शुक्रबार साँझ तीनकुनेबाट नियन्त्रणमा लिइएका गिरीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।