You are here
Home > खेलकुद > प्रहरीद्वारा रङ्गशालामै कुटिए दर्शक

प्रहरीद्वारा रङ्गशालामै कुटिए दर्शक

२४ मंसिर २०७६, मंगलवार १२:२८

काठमाडौं-१३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह र फुटबल फाइनलको टिकटको लागि रङ्गशाला छिर्न खोज्ने दर्शक कुटिएका छन् ।

मङ्गलबार हुने पुरुष फुटबलको फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारण प्रर्दशन गरेपछि प्रहरीले दशरथ रङ्गशालाबाहिर कुटपिट गरेको हो ।

उक्त प्रर्दशनको रिपोर्टिङको क्रममा रङ्गशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीद्धारा कुटिएका हुन् ।

रङ्गशाला अगाडि रहेको ब्लुक्रस अस्पताल अगाडि प्रहरीले कुटपिट गरेको दृष्य क्यामेरामा कैद गर्न खोज्ने सञ्चारकर्मी माथि पनि प्रहरीले हातपात गरेका हुन् ।  पत्रकार चापागाईंलाई डिएसपी सोमेन्द्र सिंह राठोरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको हो ।

तीन प्रहरीले रंगशाला भित्र नै पत्रकार चापागाईंलाई कुटपिट गरेका थिए । उनको कानबाट समेत रगत आएपछि हाल उपचारका लागि अस्पताल लगिएको छ ।

आज समापन समारोहको उदघाटन अघि ३ बजे नेपाल र भुटानका पुरुष टोलीबीचको फुटबल फाइनल हुनेछ । फाइनल हेर्न आउने दर्शक समापन समारोह पनि हेर्न पाउनेछ ।