You are here
Home > समाचार > बैंकिङ प्रणाली ह्याक गरी रकम चोरी गर्न खोज्ने तीन जना पक्राउ

बैंकिङ प्रणाली ह्याक गरी रकम चोरी गर्न खोज्ने तीन जना पक्राउ

२५ मंसिर २०७६, बुधबार १४:१०


काठमाडौं -प्रहरीले बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने समूहका तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउसँगै ह्याकरको समूहबाट बैंकको लाखौं रुपैयाँ जोगिएको प्रहरीको दाबी छ ।

केही समयअघि विभिन्न बैंकको प्रणाली ह्याक गरी लाखौं रुपैयाँ चोरी भएको थियो ।