You are here
Home > प्रशासन > घुस प्रकरणमा मुछिएका प्रमुख जिल्ला अधिकारी निलम्बित

घुस प्रकरणमा मुछिएका प्रमुख जिल्ला अधिकारी निलम्बित

२५ मंसिर २०७६, बुधबार १९:३९

काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनको बीचमा घुससहित पाँचजना भन्दा धेरैलाई पक्राउ गरेको छ। घुस लेनदेनमा मुछिएका एकजना प्रमुख जिल्ला अधिकारी पनि अख्तियारकै निर्देशनपछि सरकारको निलम्बनमा परेका छन्।  जिल्लाको प्रशासकीय नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको सरकारको प्रतिनिधि पनि हो।

दोलाखाका तत्कालीन प्रजिअ खगेन्द्र रिजाल घुसकाण्डमै मुछिएर अहिले निलम्वित भएका छन्।  घुस लिने प्रजिअ  सेवाग्राहीसँग घुस प्रकरणमा मुछिएपछि काठमाडौं तानिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्वित भएका छन्।

सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोपसहितको समाचार सार्वजनिक भएसँगै उनलाई गृहले काठमाडौं तानेको थियो। तर यो प्रकरणमा चासो देखाउँदै छानबिन अघि बढाएको अख्तियारले निर्देशन दिएसँगै रिजाललाई गृहमन्त्रालयले मंगलबार नै निलम्बन गरेको छ।