You are here
Home > राजनीति > राष्ट्रियसभाको निर्वाचन ९ माघमा गर्ने सरकारको निर्णय

राष्ट्रियसभाको निर्वाचन ९ माघमा गर्ने सरकारको निर्णय

२६ मंसिर २०७६, बिहीबार १६:४०

काठमाडौं- राष्ट्रिसभा सदस्यको रिक्त पदपुर्तिका लागि आउँदो ९ माघमा निर्वाचन हुने भएको छ। हालै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा निर्वाचनको मिति तय गरेको हो। 

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाको निर्वाचन ९ माघमा हुने जानकारी दिए। 

“राष्ट्रियसभा सदस्यको रिक्त पदपुर्तिका लागि राष्ट्रियसभा सदस्यको निर्वाचन २०७६ माघ ९ गते बिहीबारका दिन गर्ने र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ”, मन्त्री बाँस्कोटाले भने। 

राष्ट्रियसभाका नेकपाका ८,  कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल २१ फागुनमा सकिदैछ। 

राष्ट्रियसभा सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नुपर्ने संविधानमा व्यवस्था गरिएकोछ।