You are here
Home > समाचार > चिनियाँ कैदीद्धारा सुन्धारा कारागारभित्र आत्महत्या प्रयास

चिनियाँ कैदीद्धारा सुन्धारा कारागारभित्र आत्महत्या प्रयास

२७ मंसिर २०७६, शुक्रबार १७:१५

काठमाडौं -सुन्धारा कारागारभित्र सजाय भुक्तान गरिरहेका एक जना चिनियाँ नागरिकले आत्महत्या प्रयास गरेका छन् । मानव बेचबिखन मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छुवाङ चाङ थिनले आत्महत्या प्रयास गरेका हुन् ।

सुन्धारा कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार उनले दुई साताअघि आत्महत्याको प्रयास गरेका हुन् । बाँस्कोटाले भने, ‘आत्महत्या गर्न कारागारभित्रकै पर्खालबाट हामफालेर खुट्टा फ्र्याक्चर भएको हो । अहिले उपचारपछि ठीक भएको छ ।’

उनको वीर अस्पतालमा उपचार भएको बाँस्कोटाले बताए । यस घटनाबारे चिनियाँ राजदूतावासलाई घटनालगत्तै जानकारी गराइएको उनको भनाइ छ ।

छुवाङ चाङले राजदूतावासका कर्मचारीलाई समेत आत्महत्या गर्ने भन्दै धम्क्याउँदै आएको कारागारको भनाइ छ । २३ भदौमा मानव तस्करीको अभियोगमा प्रहरीको मानव बेचबिखन नियन्त्र ब्युरोले छुवाङ चाङ थिनसहित चार जना चिनियाँ नागरिक र ६ जना नेपालीलाई पक्राउ गरेको थियो ।