You are here
Home > समाचार > निलो बर्दीमा कसैले पनि कालो दाग लगाउन नहुनेः आइजिपी खनाल

निलो बर्दीमा कसैले पनि कालो दाग लगाउन नहुनेः आइजिपी खनाल

२७ मंसिर २०७६, शुक्रबार १७:२९

काठमाडौं -नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको निलो बर्दीमा कसैले पनि कालो दाग लगाउन नहुने बताउनु भएकाे छ ।

प्रहरी तालिम केन्द्र महाराजगंजमा शुक्रबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम ब्याच नम्बर १७९को दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनु भएकाे हाे ।

प्रहरीको निलो बर्दीमा कसैले पनि कालो दाग लगाउन नहुने उँहाकाे भनाइ थियो । बर्दीमा कसैले कालो दाग लगाए त्यो  आफूलाई सह्य नहुने उँहाले बताउनु भयाे ।

उँहाले प्रहरीको इतिहास अध्ययन गरेर आगामी दिनमा अघि बढ्न समेत तालिम सकेर कार्यस्थल जान लागेका प्रहरी निरीक्षकहरूसँग आग्रह गर्नुभयाे।

उहाले ‘पास आउट’ भएका प्रहरी निरीक्षकहरूलाई सफल व्यवसायिक जीवनको शुभकामना पनि दिनुभयाे । शुक्रबार ९१ जना प्रहरी पास आउट भएका छन्।

जसमा ९ जना महिला छन्। १८ महिने लामो तालिम सकेर उनीहरु ‘पास आउट’ भएका हुन् ।