You are here
Home > समाचार > बम विस्फोटको प्रारम्भिक अनुसन्धानः बम राख्न आपराधिक समूहको प्रयोग

बम विस्फोटको प्रारम्भिक अनुसन्धानः बम राख्न आपराधिक समूहको प्रयोग

२८ मंसिर २०७६, शनिबार ११:३९

काठमाडौं- धनुषाको छिरेश्वरनाथ–५ गराइएको बम विस्फोटमा प्रहरीले आपराधिक समूहको प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। विस्फोटमा मृत्यु भएका राजेश साहको हत्या नै गर्ने उद्देश्यले उनको घरमा बम राखिएको अनुमान प्रहरीले गरेको छ।

व्यापारिक पृष्ठभूमिका साहको शुक्रबार राति आफ्नै घरमा भएको शक्तिशाली बम विस्फोटमा परी ज्यान गएको छ। उनका छोरा आनन्द र बम राखिएको सूचना पाएपछि घटनास्थल पुगेका नेपाल प्रहरीका इन्स्पेक्टर अमीर दाहालको पनि ज्यान गएको छ।