You are here
Home > समाचार > लागूऔषधसहित दुई जना पाल्पाबाट पक्राउ

लागूऔषधसहित दुई जना पाल्पाबाट पक्राउ

३० मंसिर २०७६, सोमबार १४:१५

तानसेन -पाल्पामा ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ । तिनाउँ गाउँपालिका– ३ दोभानको झुम्साबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवलबाट पाल्पा आउँदै गरेको ग १८ प ८९ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पक्राउ पर्नेमा स्याङजा जिल्ला अर्जुनचौपारी ५ घर भै पोखरा बस्ने २२ वर्षीय विशाल नेपाली र कास्की मादी ९ बस्ने ३१ वर्षीय किरण गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट डाइजेपाम ६८ थान, नुफिन ६८ थान, फेनेराज ६८ थान र नगद १६ हजार १ सय रुपैयाँ बरामद गरिएको छ ।