You are here
Home > प्रशासन > एक लाख ४० हजार घुससहित रंगेहात पक्राउ डिएसपीलाई सफाइ

एक लाख ४० हजार घुससहित रंगेहात पक्राउ डिएसपीलाई सफाइ

३० मंसिर २०७६, सोमबार १९:५७

काठमाडौं- विशेष अदालतले एक लाख रुपैयाँ घुससहित पक्राउ परेका एकजना निलम्बित डिएसपी श्यामकुमार राईलाई सफाइ दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज २० गते महानगरीय प्रहरी वृत्त बौद्धस्थित कार्यकक्षबाटै एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका राईलाई विशेष अदालतले आइतबार सफाइ दिएको हो।

विशेषका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनलाई सफाइ दिएको हो। घरमा टिभी चाहिएको भन्दै राईले बालुवा व्यवासयीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएका थिए।