You are here
Home > राजनीति > सडक दुर्घटना घटाउने उपाय खोज्न मन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

सडक दुर्घटना घटाउने उपाय खोज्न मन्त्री तथा मन्त्रालयका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन

३० मंसिर २०७६, सोमबार २०:०३

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाएर सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाइ तत्काल लागू गर्न निर्देशन दिएका छन्।

पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएपछि त्यसलाई न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई बोलाइ निर्देशन दिएका हुन्। 

गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमूख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायतको समूहलाई प्रधानमन्त्रीले संयुक्त रुपमा निर्देशन दिएका हुन्।