You are here
Home > समाचार > पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड

१ पुष २०७६, मंगलवार १४:३०

काठमाडौं– पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

मंगलवार इस्लामावादस्थित विशेष अदालतले मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको हो ।

अदालतले मुसर्रफलाई सन् २००७ मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ ।

पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला सुनाएको यो पाकिस्तानको पहिलो घटना हो ।