You are here
Home > समाचार > राहत शिक्षकको लागि छुट्टै नीति : मन्त्री पोखरेल

राहत शिक्षकको लागि छुट्टै नीति : मन्त्री पोखरेल

७ पुष २०७६, सोमबार १३:३०

ओखलढुङ्गा–शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन।

नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ खतिवडाको श्रद्धाञ्जलिसभामा मन्त्री पोखरेलले सरकारले आउँदो हिउँदे अधिवेशनबाट शिक्षासँग सम्बन्धित तीनवटा महत्वपूर्ण विधेयक पास गर्न लागेको जानकारी दिए ।

त्यसलगत्तै राहत शिक्षकको व्यवस्थापनका लागिसमेत सरकारले छिट्टै नयाँ प्रक्रिया थालनी गर्ने भन्दै उनले लामो समय राहत शिक्षकको भूमिकामा रहेकालाई केही अवसरको सृजना गरेर व्यवस्थापन गरिने बताए । उनले भने, सामुदायिक विद्यालयमा धेरै प्रकारका शिक्षक हुनु नै अहिलेको शैक्षिक विकासको अर्को चुनौती देखियो । यसलाई हामी सुधार्न लागिरहेका छौँ ।

मन्त्री पोखरेलले देशैभरका विद्यालयमा शिक्षकको समायोजन गरेको बताउँदै अझै पनि देशभर ३९ हजार शिक्षक आवश्यकता रहेको बताए । मन्त्री पोखेलले नेपाली समाजमा सांस्कृतिक क्रान्ति गर्नु जटिल विषय भएको बताएका छन। मोलुङ गाउँपालिका–४ हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले संस्कारलाई समय अनुकूल परिवर्तन गरी अगाडि बढ्नुपर्नेमा समेत जोड दिए ।

हिन्दू संस्कार नमान्ने भन्दै नेता पेशल खतिवडाले बुबाको काजकिरिया गरेनन् । हिन्दू संस्कारको विरुद्धमा विद्रोह गरेर स्व खतिवडाका छोरा पेशल खतिवडाले सांस्कृतिक क्रान्तिको शुरुआत गरेका मन्त्री पोख्रेलले बताए ।