You are here
Home > अर्थ/बजार > अवैध मोबाइलसहित दुई जना पक्राउ

अवैध मोबाइलसहित दुई जना पक्राउ

८ माघ २०७६, बुधबार १९:०६

काठमाडौं -भन्सार छली गरी ल्याउँदै गरेका विभिन्न ब्राण्डका ६ सय ३४ थान मोबाइलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीका उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर–१ का ईन्द्रबहादुर कटुवाल रहेका छन् ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले नागढुंगा चेक प्वाइन्टबाट मोबाइलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

मोबाइलको अनुमानित बजार मूल्य करिब १ करोड ५० लाख रूपैयाँभन्दा बढी रहेको प्रहरीको भनाइ छ ।