You are here
Home > राजनीति > राष्ट्रियसभा निर्वाचनको मतदान शुरु

राष्ट्रियसभा निर्वाचनको मतदान शुरु

९ माघ २०७६, बिहीबार १२:१६

काठमाडाैं– राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान शुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान शुरु भएको हो ।

वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गर्नुभएको छ ।