You are here
Home > राजनीति > राष्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलबाट राजीनामा

राष्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलबाट राजीनामा

१० माघ २०७६, शुक्रबार १७:५३

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहका सुशील प्याकुरेलले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले व्यक्तिगत कारण दैखाउँदै दिनुभएको राजीनामा शुक्रबार राष्ट्रपतिबाट स्वीकृत भएको प्रेस विज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

दुई वर्षअघि २०७४ चैतमा सल्लाहकार नियुक्त हुनुभएका प्याकुरेल राष्ट्रपति भण्डारीको अघिल्लो कार्यकालमा समेत सल्लाहकार हुनुहुन्थ्यो ।

स्रोतका अनुसार सभामुखमा अग्नी सापकोटा चयन हुने निश्चित भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै प्याकुरेलले पद त्याग गर्नुभएको हो ।