You are here
Home > अर्थ/बजार > पूर्वसैनिकको पचास लाख लुटियो

पूर्वसैनिकको पचास लाख लुटियो

१२ माघ २०७६, आईतवार १२:२७

काठमाडौं -एक जना पूर्व सैनिक काठमाडौंको काभ्रेस्थलीमा लुटिएका छन् ।‘बल्ने ढुंगा’ भेटिएको भन्दै केही व्यक्तिले नेपाली सेनाका अवकाश प्राप्त सुबेदार बच्चुराम गुरुङलाई काभ्रेस्थलीको जंगलमा पैसा लिएर बोलाएका हुन्।

पचास लाख रुपैयाँ पैसा लिएर गएका गुरूङलाई छ जनाले आँखामा खुर्सानीको धुलो छर्केर लुटेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

लुटिएपछि गुरूङले प्रहरीलाई खबर गरेका थिए। घटना अनुसन्धानमा परिचालन भएको अपराध महाशाखाको टोलीले सो घटनामा संलग्न ६ जनालाई शनिबार राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ।

पक्राउ परेकाहरुबाट प्रहरीले १९ लाख रुपैयाँ नगद र दुईओटा मोटरसाईकल बरामद गरेको छ ।