You are here
Home > समाचार > २९ थान गोलीसहित पोखरा विमानस्थलबाट एक जना पक्राउ

२९ थान गोलीसहित पोखरा विमानस्थलबाट एक जना पक्राउ

१२ माघ २०७६, आईतवार १७:२२

काठमाडौं-पोखरा विमानस्थलबाट ठूलो परिमाणको गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका, रिठ्ठेपानीमा बस्ने ४० वर्षीय जितु शाहीलाई पोखरा विमानस्थलबाट २९ थान गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

पोखरा विमानस्थलबाट यती एयरलायन्सको विमानमार्फत काठमाडौं जान लागेका शाहीको झोला विमानस्थलको एक्सरे मेसिनले परीक्षण गर्ने क्रममा २९ राउण्ड गोली फेला परेको एसपी कार्कीले जानकारी दिए ।