You are here
Home > समाचार > सशस्त्रका ६ एसएसपी डिआईजी बढुवाका लागि सिफारिस

सशस्त्रका ६ एसएसपी डिआईजी बढुवाका लागि सिफारिस

१३ माघ २०७६, सोमबार १८:०६

काठमाडौं – सशस्त्र प्रहरीमा रोकिएको एसएसपीहरुको बढुवा समितिले अघि बढाएको छ। गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले सशस्त्रका ६ जना एसएसपीहरुलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा हुनेमा एसएसपीहरु केवी व्रमाचार्य, वंशिधर दाहाल,हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेत रहेका छन् ।

बढुवा हुनेमा पुरानो ब्याचका एसएसपीहरु रहेका छन्। बढुवाका लागी नयां व्याचबाट पनि लविङ्ग भएपनि अन्तमा पुरानै व्याचबाट डिआईजीमा बढुवा भएको हो।