You are here
Home > समाचार > गायिका आस्था राउत धरौटीमा छुटिन्

गायिका आस्था राउत धरौटीमा छुटिन्

१४ माघ २०७६, मंगलवार १७:३६

काठमाडौं– प्रहरीमाथि अभद्र अभिव्यक्ति दिएको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका गायिका आस्था राउत धरौटीमा छुटेकी छन् ।

प्रहरीमा उपस्थित भएपछि ‘अभद्र व्यवहार’ को मुद्दा खेपिरहेकी राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (मंगलबार) चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

आस्थाविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी थिइन् । आस्थाविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।