You are here
Home > समाचार > वीरेन्द्रनगरमा भोलि बिहान ६ बजेसम्मका लागि ‘कर्फ्यु’

वीरेन्द्रनगरमा भोलि बिहान ६ बजेसम्मका लागि ‘कर्फ्यु’

१४ माघ २०७६, मंगलवार १७:४५

सुर्खेत– टिपरले किच्दा एकजनाको मृत्यु भएपछि चर्किएको आन्दोलनकाले उग्ररूप लिएपछि जिल्ला प्रशसन कार्यालय सुर्खेतले ‘कर्फ्यु’ लगाएको छ। सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६:३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो।

प्रशासनले पूर्वमा इत्राम खोला, पश्‍चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्न राजमार्गको ५०० मिटरसम्मको क्षेत्रलाई कर्फ्यु लाग्‍ने क्षेत्र तोकेको छ। कालीकोट महावै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो।