You are here
Home > समाचार > रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान

रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच गोली हानाहान

१५ माघ २०७६, बुधबार १२:५८

रौतहट- रौतहटमा प्रहरी र भारतीय आपराधिक समूहबीच रौतहटमा दोहोरो गोली हानाहान भएको छ ।

अपहरण गरी फिरौती माग्ने योजनासहित सीमावर्ती क्षेत्रबाट नेपाल पसेको आपराधिक समूह र प्रहरीबीच इशनाथ नगरपालिका–१ म गएराति १२ बजे गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनामा आपराधिक समूहका सदस्य २० वर्षीय चाँद अली प्रहरीको गोली लागी घाइते भएका छन् ।

दाहिने घुँडामा गोली लागेका उनको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । घप्रहरीले घटनास्थलबाट १ थान कटुवा पेस्तोल र गोली बरामद गरेको छ ।