You are here
Home > प्रशासन > गृहसचिव राईको विदाइ

गृहसचिव राईको विदाइ

२० माघ २०७६, सोमबार १९:४८

काठमाडौं- गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको सोमबार विदाइ गरिएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उनको विदाइ गरेका हुन् । २२ महिना गृह सचिवको जिम्मेवारी सम्हालेका राईले आइतबारबाट लागु हुनेगरी यसअघि नै राजीनामा दिएका थिए ।

विदाइ कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले गृहसचिवबाट विदाइ गरिएपनि राईलाई नयाँ जिम्मेवारीमा पठाउने तयारी भएको बताएका छन् ।

थापाले विशेष जिम्मेवारी दिइने घोषणा गरेसँगै राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी सरकारले गरेको बुझिाएको छ ।

विदाइमा सचिव राईले गृहमन्त्री र मन्त्रालयका अन्य कर्मचारीहरुको सहयोगबाट २२ महिनामा धेरै सुधारका काम गरिएको बताए ।

राईले गृहमन्त्रीको आँट र सहयोगकै कारण सुनकाण्ड, सिण्डिकेट अन्त्य लगायतका कामहरु भएको बताए । राईले अवकाश हुनु तीन दिन अगाडि नै राजीनामा दिएका थिए ।

राईले अवकाश हुनु तीन दिनअगाडि नै राजीनामा दिएका थिए । राईसँगै अर्थमन्त्रालयका सचिव राजन खनाल, सचिवहरु गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि २२ माघबाट अनिवार्य अवकाश पाउँदैछन् ।