You are here
Home > Front News > अछाममा वडाध्यक्षको हत्या

अछाममा वडाध्यक्षको हत्या

२१ माघ २०७६, मंगलवार १६:२८

काठमाडौं– अछामको पञ्चदेवल विनायक नगरपालिकामा वडाअध्यक्षको हत्या भएको छ । वडा नम्बर २ का अध्यक्ष पदमबहादुर धामीको हत्या भएको हो ।

वडाअध्यक्ष धामीको सोमबार राति हत्या भएको हाे । वडाअध्यक्ष धामीको घर नजिकै क्षतविक्षत अवस्थामा मंगलबार बिहानै शव भेटिएको वडा नम्बर १ का सदस्य तथा  नेपाली कांग्रेसका अछाम प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जनता समाचारलाई जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष धामीको हत्या कस्ले गर्यो ? भन्ने बारे एकीन भइसकेको छैन ।  घटनास्थलमा प्रहरी पुगिसकेकाे छ । धामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।