You are here
Home > राजनीति > कांग्रेस सांसदद्वारा फेरि संसद अवरुद्ध

कांग्रेस सांसदद्वारा फेरि संसद अवरुद्ध

२६ माघ २०७६, आईतवार १६:१२

काठमाडौं -प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । कांग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारको मुद्दाको विषयलाई लिएर संसद अवरुद्ध गरेको हो ।

पूर्व उपप्रधानमन्त्री तथा प्रभावशाली नेता गच्छदारमाथि ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर भएपछि कांग्रेस सरकारप्रति रुष्ट बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा गच्छदारलाई दोषी ठहराएर ९ करोड ६५ लाख ७६ हजारु रुपैयाँ बिगो असुल गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाही गर्न माग गर्दै विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको थियो । उपसभापतिविरुद्ध मुद्दा दायर भएको भोलिपल्टै कांग्रेस सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका थिए ।

कांग्रेस सांसदहरुले अवरुद्ध पारेपछि सभामुख अग्नि सापकोटाले बैठक शुक्रबारका लागि बाेलाउनुभयाे ।

कांग्रेस सांसदहरुको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख सापकोटाले अर्को बैठक माघ २८ गते दिउँसो १ बजेका लागि बालाउनुभएकाे छ ।