You are here
Home > प्रशासन > गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद

गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद

२८ माघ २०७६, मंगलवार १६:३४

काठमाडौं-गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसाला भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार (२६ माघ २०७६) मा सजायको फैसला गरेको हो। यसअघि १५ माघ २०७६ मा पौडेल विरुद्धको लागूऔषध मुद्दाको कसुर ठहर सजाय निर्धारणको आदेश भएको थियो।

अदालतका  स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले पूर्पक्षका लागि कारागारमा रहेका पौडेललाई पक्राउ गरेको मितिले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला भएको जानकारी दिए।

पौडेललाई १० असार २०७१ मा कलंकीबाट लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ गरेको भनिएको थियो ।