You are here
Home > प्रशासन > आइजीपी ज्ञवालीद्वारा दर्ज्यानी चिन्ह ग्रहण

आइजीपी ज्ञवालीद्वारा दर्ज्यानी चिन्ह ग्रहण

२९ माघ २०७६, बुधबार १७:३४

काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह ग्रहण गर्नुभएको छ । गृहमन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रममा आइजीपी ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आइजीपीको दर्ज्यान चिन्ह लगाइदिनुभएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा बढुवा गरेको थियो । आइजीपी सर्वेन्द्र खनालले मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि सरकारले ज्ञवालीलाई आइजीपीमा बढुवा गरेको हो । यसअघि नायव महानिरीक्षक (डीआइजी) रहनुभएका ज्ञवाली प्रदेश १ प्रहरी प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

दर्ज्यानी चिन्ह ग्रहणपछि आइजीपी ज्ञवालीले नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी पारदर्शी तवरबाट सम्पादन गर्न प्रहरी कर्मचारी आफ्नो जिम्मेवारीप्रति पूर्णरुपमा जवाफदेही रहने बताउनुभयो।