You are here
Home > समाचार > कुवेतमा बालुवाकाे थुप्रोमा पुरिएर ४ नेपाली श्रमिकको मृत्यु

कुवेतमा बालुवाकाे थुप्रोमा पुरिएर ४ नेपाली श्रमिकको मृत्यु

१ फाल्गुन २०७६, बिहीबार १३:४३

काठमाडौ- कुवेतको अल-मुतला क्षेत्रको निर्माणस्थलमा बालुवा र ग्राभेलको ठूलो थुप्रोले पुरिँदा ४ नेपाली कामदारको मृत्यु भएको कुवेतको अरबटाइम्स अनलाइनले जनाएको छ ।

घटनामा अन्य ३ जना घाइतेसमेत भएका जनाइएको छ । कुवेतको अरबटाइम्स अनलाइनका अनुसार दुर्घटनामा परेका अन्य ३ कामदारको अवस्था अझै थाहा हुन सकेको छैन। त्यहाँ उद्दार कार्य जारी छ।

तत्काल ७ जनालाई उद्दार गरिएकामा ४ जनाको घटनास्थलमै मृत्यु भइसकेको जनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार चिनियाँ कम्पनीका कार्यरत कामदारहरू भवन निर्माणस्थलको खाल्डोमा बसेर काम गरिरहेका बेला माथिबाट बालुवाको ढिस्को खसेर पुरेको उल्लेख छ । कामदार पुरिएको जानकारीलगत्तै २० वटा एम्बुलेन्स र स्वास्थ्यकर्मीहरू घटनास्थल पुगेका थिए । घाइतेहरूको स्थानीय जहरा अस्पतालमा उपचार भरहेको छ । 

सार्वजनिक निर्माणमन्त्री डा. राना अल फारिसले घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न आदेश दिएकी छन् । नेपाली मृत्यु भएको विषयमा जानकारी लिइरहेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।





कामदार पुरिएको जानकारीलगत्तै २० वटा एम्बुलेन्स र स्वास्थ्यकर्मीहरू घटनास्थल पुगेका थिए । घाइतेहरूको स्थानीय जहरा अस्पतालमा उपचार भरहेको छ । 

सार्वजनिक निर्माणमन्त्री डा. राना अल फारिसले घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न आदेश दिएकी छन् । नेपाली मृत्यु भएको विषयमा जानकारी लिइरहेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

खाल्डोमा १४ जना पसेको मध्ये १३ जना नेपाली र १ जना इन्डियन रहेको बताइएको छ ।