You are here
Home > समाचार > फरार दुर्गा प्रसाईं जिप्रकामा हाजिर

फरार दुर्गा प्रसाईं जिप्रकामा हाजिर

१ फाल्गुन २०७६, बिहीबार १४:१२

काठमाडौं -मानहानिको मुद्दामा फरार रहेका बी एन्ड सी अस्पताल झापाका सञ्चालक दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका छन्।

प्रसाई बिहीबार बिहान सुटुक्क जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर भएको जिप्रका भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

प्रसाईं बिहीबार जिप्रका भक्तपुरमा हाजिर भएपछि ‘ साधरण तारेखमा रिहा भएका छन्।

झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले गत पुस २३ गते पत्रकार सम्मेलन नै गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस अथवा १० प्रतिशत सेयर मागेको आरोप लगाएका थिए।

प्रसाईंको आरोपविरुद्ध अयोगका उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानिको मुद्दा दायर गरेका थिए। अदालतले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिए लगत्तै प्रसाईं फरार रहँदै आएका थिए।