You are here
Home > समाचार > निगमको वाइडबडी शनिबार चीन जाँदै

निगमको वाइडबडी शनिबार चीन जाँदै

२ फाल्गुन २०७६, शुक्रबार १९:१३

काठमाडौं – सरकारले चीनको वुहानबाट नेपाली ल्याउन आइतवार नेपाल वायुसेवा निगमको वाइडबडी ए-३३० जहाज पठाउने भएको छ। चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई जहाजमार्फत स्वदेश ल्याउन लागिएको हो। हुवेई प्रान्तका विभिन्‍न शहरबाट १ सय ८५ नेपाली विद्यार्थी स्वदेश फर्कने भएका छन्।

 फर्किने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज शनिबार दिउँसो चीन जाने भएको हो। चीन जाने विमान चालक र अन्य कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष तालिम दिइसकेको छ। 

वुहान जाने टोलीमा तीनजना विमान चालक, ६ जना क्याबिन क्रू, दुईजना इन्जिनियर, १-१ जना फ्लाइट डिस्प्याचर र लोड मास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन्।  सेनाका चार स्वास्थ्यकर्मी चीन जाने विद्यार्थी लिन जाने विमान चालक दलका सदस्यसहित चारजना नेपाली स्वास्थ्यकर्मी चीन जाने भएका छन्।