You are here
Home > समाचार > जीपको ठक्करबाट असईको मृत्यु

जीपको ठक्करबाट असईको मृत्यु

२ फाल्गुन २०७६, शुक्रबार १९:१६


काठमाडौं -जीपको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई) तेजबहादुर गुरुङको मृत्यु भएको छ । काभ्रेको बनेपामा बा.१९च १३२३ नम्बरको जीपले गुरुङलाई ठक्कर दिएको थियो ।

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

प्रहरी चौकी साँगामा कार्यरत असई गुरुङ चौकी इन्चार्ज हुन् ।