You are here
Home > राजनीति > जेलबाट छुटे पूर्वसभामुख महरा

जेलबाट छुटे पूर्वसभामुख महरा

५ फाल्गुन २०७६, सोमबार २०:५४

काठमाडौं- जबरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा डिल्ली बजार कारागारबाट रिहा भएका छन्।  डिल्ली बजार कारागाबारट रिहा हुनुअघि उनलाई पूर्व आइजीपी रमेशचन्द ठकुरी र सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाले खादा र माला लगाएर बिदाइ गरेका छन्।  उनलाई प्रहरीले कडा सुरक्षाबीच जेलबाट निकालेर निवासतर्फ लगेको हो। उनी ढाका टोपी र कोटमा सजिएर जेलबाट निस्किएका हुन्। 

डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका हुन् । डिल्लीबजार कारागारबाट रिहा भएपछि उनले कारागारमा सबैबाट राम्रो व्यवहार पाएको भन्दै सबैप्रति आभार प्रकट गरेका छन् । उनले थप प्रतिक्रिया दिएनन् । ‘प्रहरी साथीहरु, मान्य रेशम चौधरीलगायतसँग राम्रोसँग बसें र सबैबाट राम्रो व्यवहार भयो’, महराले भने, ‘बाँकी कुरा पछि भनौंला ।’