You are here
Home > Author: Muldharnews Editor

बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता

काठमाडौं-अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । बाढी पहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् । उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म

मलेशियामा सडक दुर्घटनामा नेपालीको मृत्यु

काठमाडौं-सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताए । आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर

विपद्‌बाट हुने क्षति रोक्न ‘हाइ अलर्ट’

काठमाडौँ -मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् । विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली

प्रधानसेनापति थापा चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघीय मुख्यालय, न्युर्योकमा आयोजित चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी भएका छन्। कार्यक्रममा विश्वका १०६ मुलुकका सेना प्रमुख तथा वरिष्ठ सैनिक अधिकारीहरुको सहभागिता रहेको छन्। बिहीबार भएको उक्त्त भेलामा प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपालले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा निर्वाह गर्दै आएको

मूलपानीको पहिरोमा पुरिएका तीन जनाको शव निकालियो

काठमाडौं-अबिरल वर्षाका कारण काठमाडौंको मुलपानीमा गएको पहिरोमा पुरिएका तीन जनाकै शव फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कागेश्वरी मनोहरा–६ स्थित टहरोमा बसिरहेका तीन जनाको शव पहिरोबाट निकालिएको हो । शुक्रबार दिउँसो माथिबाट खसेको पहिरोले टहरो पुर्दा उनीहरु हराइरहेका थिए । मृत्यु हुनेमा ३० वर्षीया नीतु यादव, ३५ वर्षीया

सप्तकोसी नदीमा पानीको बहाव उच्च

काठमाडौं-लगातारको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । तीन दिनदेखि लगातार परेको पानीका कारण इटहरीका अधिकांश क्षेत्र डुबानमा छ । इटहरीको बुढीखोला र ट्याङ्रा खोला बस्तीमा पसेका कारण सवारी साधन आवागमनमा समेत समस्या भएको छ । खोलाले निकास नपाउँदा र खोलाको फोहोर सफाइ नभएका कारण बाढी बस्तीमा पसेको स्थानीयको

चार लाख घुससहित वन अधिकृत पक्राउ

सुर्खेत-चार लाख रुपैयाँ घुससहित सुर्खेतमा वन अधिकृत पक्राउ परेका छन्। डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा घुससहित पक्राउ परेका हुन्। उनलाई शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो। अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले वन अधिकृत लामालाई घुससहित पक्राउ गरिएको जानकारी दिए। वन अधिकृत लामालाई सेवाग्राहीसँग

विप्लव समुहका नेता नेकपामा प्रवेश

ललितपुर - विप्लव समुहका मेची–कोशी ब्यूरो इन्चार्ज एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना

डिएसपी हुँ भन्दै हिड्ने काठमाडौंबाट पक्राउ

काठमाडौं- प्रहरीले आफूलाई नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) भन्दै हिड्ने व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार धादिङ धुनिबेसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्र प्रसाद लुइटेललाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले लुइटेल भगौडा प्रहरी भएको पनि बताएको छ ।

यी हुन् मन्त्रिपरिषद्ले गरेका २५ निर्णय

काठमाडौं-सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहका पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गर्नेलगायतका विभिन्न २५ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको आज जानकारी गराएका छन् । असार

विप्लव निकट रेड युथफोर्सका अध्यक्ष सुर्खेतबाट पक्राउ

सुर्खेत - जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडी (हिमशिखर) लाई पक्राउ गरेको छ । चौकुने गाउँपालिका–९ सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी विप्लव समूह निकट भातृ सङ्गठन युथफोर्सका अध्यक्ष हुन् । उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा सुर्खेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब

विषादी परीक्षणका सम्बन्धमा भारतको पत्रबारे मलाई जानकारी दिइएन – प्रधानमन्त्री

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले उनले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार यहाँ आयोजना गरेको संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले नेपालीको भान्सा

आदिवासी भिडन्तमा चौबीस जना मारिए

पोर्ट मोस्र्वी-पपुवा न्यु गिनीको उच्च पहाडी क्षेत्रमा भएको आदिवासीहरूको आम नरसंहारमा बालबालिका तथा महिला लगायत कम्तीमा चौबिस जना मारिएको स्थानीय सरकारी अधिकारीहरूले बुधवार बताएका छन् । हेला प्रान्तमा केही दिन यता प्रतिद्वन्द्वी आदिवासी समूहबिच भएको हिंसात्मक भिडन्तमा अन्य थुप्रै व्यक्ति घाइते भएका छन् । केही घाइतेको सङ्ख्या निकै गम्भीर रहेकाले मृतकको

दश लाख फिरौतीमा श्रीमतीको हत्या

पोखरा-पोखरा १० रामबजारमा बस्दै आएका एक युवाले श्रीमतीको हत्या गरेर जङ्गलमा फालेका छन् । मकवानपुर घर भई पोखरा १० रामबजारमा मोबाइल पसल गरी बस्ने ३५ वर्षीय रमेश परियारले श्रीमती २८ वर्षीया लक्ष्मी परियारको केही व्यक्तिलाई दश लाख रुपैयाँ दिई हत्या गराएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार अहिले श्रीमानसहित अर्का

देशभर वर्षा, बाढी पहिरोबाट सचेत हुन मौसमविद्को आग्रह

काठमाडौं-आज (बिहीबार) विहानैदेखि देशभरजसो वर्षा भइरहेको छ । यो क्रम अझै केहि दिनसम्म रहने मौसमविद्हरुले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले मध्य र पूर्वका केही तथा पश्चिमको धेरैजसो ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी समयमा वर्षा गराउने प्रणाली केही दिनदेखि सक्रिय हुँदा देशका धेरैजसो भू–भागमा

विषादी परीक्षणबारे मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले भारतबाट निकासी हुने तरकारी र फलफूलमा विषादी परीक्षण फिर्ता लिने मन्त्रिपरिषको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सरकारले भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय

जंगी अड्डामा प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय

काठमाडौं-सेनाले प्रस्तावित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडियू)का लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेटमा विश्वविद्यालय स्थापना गर्ने उल्लेख गरेपछि जंगी अड्डाले सम्पर्क कार्यालय स्थापना गरेको हो । आर्मी क्लबको सभामण्डपमा एनडियूको सम्पर्क कार्यालय स्थापना गरिएको सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए । समन्वय कार्यालयले रक्षा मन्त्रालयसहित सरोकारवाला निकायमा समन्वय

मदन पुरस्कारका लागि ७ कृति छनोट (सूचीसहित)

काठमाडौं -मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको जनाएका छन् ।छनोटमा परेका

भोजपुर घटनाबारे आइजीपी खनालद्धारा संसदलाई जानकारी

काठमाडौं -प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुर घटनाबारे संसदलाई जानकारी गराएका छन्। बुधबारको संसदको राज्‍य व्यवस्था तथा सुशासन समितिमा महानिरीक्षक खनालले घटनाबारे जानकारी गराएका हुन्। 'भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्यो, जवाफी फायरिङमा नेपाल प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको छ' महानिरीक्षक

भोजपुरमा सुरक्षा व्यवस्था कडा पारियो

भोजपुर-भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच भएको भिडन्तमा एक प्रहरीसहित दुई जनाको मृत्यु भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाईएको छ । प्रदेश नम्बर १ प्रहरीले थप मदतका लागि प्रहरीको टोली पठाएको छ । भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने स्थानमा विप्लव नेतृत्वको कार्यकर्ताले प्रहार गरेको गोली लागेर प्रहरी जवान