You are here
Home > Author: Muldharnews Editor (Page 2)

संगठनमा आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुनेः सशस्त्र आइजीपी खनाल

काठमाडौं-सशस्त्र प्रहरीले आफ्नो १९ औँ सशस्त्र प्रहरी स्थापना दिवसमा विभिन्न कार्यक्रम गरि मनाएको छ। सोही अवसरमा महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले संगठनमा नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताउनुभयो। उहाँले संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कारको व्यवस्था भएको उल्लेख गर्दै भ्रष्ट आचरणका कर्मचारीलाई कडा भन्दा कडा

सांसद दीपक मनाङ्गे पक्राउ

पोखरा- गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङें लाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । उनलाई सादा पोसाकमा खटिएको प्रहरीले पोखराको लेकसाइडस्थित होटेल प्याराडाइजबाट बिहीबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी दिएका छन् । मनाङ्गेले

अस्ट्रेलियामा डढेलो निभाउन गएको विमान दुर्घटना, ३ जनाको मृत्यु

अस्ट्रेलिया -अस्ट्रेलियाको न्यु साउथ वेल्समा डढेलो निभाउन उडेको एउटा विमान दुर्घटनामा परेको छ । एएफपीका अनुसार राजधानी क्यानबेराबाट करिब २ किलोमिटर टाढा रहेको स्नोइ माउन्टेनमा लागेको आगो निभाउन उडेको विमान बिहीबार अस्ट्रेलियाको सिड्‍नीनजिकै रहेको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा चालकदलका तीन जना अमेरिकी नागरिकको मृत्यु भएको जनाइएको छ

गोष्ठीमा अमेरिका गएकी तिलागुफाकी उपमेयर उतै लुकिन्

सुर्खेत- गोष्ठीमा सहभागी हुन अमेरिका गएकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर उतै लुकेकी छन् । अमेरिकामा आयोजित एक गोष्ठीमा नगरपालिका संघमार्फत् गएकी उपमेयर दन्ता नेपाली (दर्शना) त्यहाँ गइसकेपछि कुनै खबर नगरेको तिलागुफाका मेयर रत्न बहादुर शाहीले जानकारी दिए । मेयर शाहीका अनुसार उनी कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेको

राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत मत खस्यो

काठमाडौं- राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिए । मतदान केन्द्रमा पुगेर मतदाता बिहान बजेदेखि नै लाइनमा बसेको देखियो ।मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म समय तोकिएको छ

राष्ट्रियसभा निर्वाचनको मतदान शुरु

काठमाडाैं- राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान शुरु भएको छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० वजेदेखि मतदान शुरु भएको हो । वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गर्नुभएको छ ।

उखु किसानको रकम नदिने चिनी मिलको बैंक खाता रोक्का

काठमाडौं -सरकारले किसानको वक्यौता नतिर्ने चिनी मिललाई कडाई गर्न थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता दिनेश भट्टराईले किसानको वक्यौता नतिर्ने चिनी मिल संचालनको बैंक खाता रोक्काको लागि

सेना र एपिएफ फाइनल प्रवेशका लागि भिड्ने

काठमाडाैं - नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को पुरुषतर्फ सेनाको टिएसी र सशस्त्रको एपिएफ क्लबबीच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुने भएको छ । यस्तै अर्को सेमिफाईनलमा विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस् कलबबीच प्रतिस्पर्धा हुने भएको छ । बुधबार

अवैध मोबाइलसहित दुई जना पक्राउ

काठमाडौं -भन्सार छली गरी ल्याउँदै गरेका विभिन्न ब्राण्डका ६ सय ३४ थान मोबाइलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीका उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर–१ का ईन्द्रबहादुर कटुवाल रहेका छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले नागढुंगा चेक

अपराधविरुद्ध लड्न प्रहरी तयारः आइजिपी खनाल

काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अपराधविरुद्ध लड्न प्रहरी सधै तयार रहेको बताउनु भएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय कालिकोटका तीन वटा नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै महानिरीक्षक खनालले उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले सरकारद्धारा प्रतिबन्धित विप्लव समुहलाई लक्षित गर्दै विकास विरोधी, संविधान विरोधी

खुकुरी प्रहारबाट धादिङमा एकको हत्या

धादिङ -धादिङको खनियावास गाउँपालिका-४, दार्खामा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । गएराति घरमा बसिरहेको अवस्थामा सान्ता तामाङ र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट सान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भीर घाइते भएका छन् । उनलाई बुधबार बिहान काठमाडौंस्थित ग्रीन सिटी अस्पताल ल्याइएको

सेनालाई वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ। देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगा बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो। कार्यक्रममा मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक विक्रम थापाले वित्तीय कारोबार, भविष्यको

दीपक मनाङेविरुद्ध एन्फा अध्यक्ष प्रहरीमा उजुरी दिने तयारीमा

पाेखरा -गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा उजुरी दिने तयारी गरेका छन्। मंगलबार पोखराको भण्डारढिकमा आयोजित पहिलो मुख्यमन्त्री कपको खेल मैदानमै विवाद भएपछि सांसद गुरुङ (दीपक मनाङे)बाट कुटिएका एन्फा कास्कीका अध्यक्ष गुरुङले उनी विरुद्ध कानुनी उपचार खोज्ने बताएका

नेकपा जिल्ला अध्यक्षको घरमा बम

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका

सेनाको छाउनी अस्पतालमा मिर्गौला रोगीलाई निःशुल्क हेमोडाइलासिस सेवा

काठमाडौं -काठमाडौं महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा सुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही भएका छन् । पहिलो पटक मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यले उपकरण सञ्चालन गर्दै सेवा सुरु गरेका हुन् । यस प्रकारको सेवा सञ्चालन

डीआईजी डा. आशा सिंह एआईजीमा बढुवा

काठमाडौं – सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) डा. आशा सिंहलाई नेपाल प्रहरीको प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । डीआईजी हुँदा एक नम्बर वरियतामा रहेका डा. मीनराज पाठकले बढुवा सिफारिसविरुद्ध उजुरी दिएका थिए । उनले आफूमाथि अन्याय

सुडानी विद्रोहीहरु डार्फरमा शान्तिका लागि आशावादी : संयुक्त राष्ट्रसंघ

काठमाडौं - राष्ट्रसंघका विज्ञहरूको विचारमा सुडानका धेरैजसो विद्रोही समूहहरू र लिबिया बाहेक सुडानका सबै छिमेकी मुलुकहरू डार्फरको शान्ति प्रक्रियालाई समर्थन गरिरहेका छन् । तर, यस समस्याग्रस्त पश्चिमी क्षेत्रमा सुरक्षा खतराका घटनाहरूमा बृद्धि भएका छन् । यहाँ स्थानीय किसानहरू र गाईवस्तु चराउने गोठालाहरूबीच बलात्कारदेखि झडपका घटनाहरुमा वृद्धि भएको छ । विज्ञहरुले संयुक्त राष्ट्रसंघीय

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको कक्षा ११ र १२ को परीक्षा तालिका आज (सोमबार) सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गतेदेखि शुरु हुने भएको छ । त्यसै गरी कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गतेदेखि शुरु हुने जनाइएको छ । परीक्षा बिहान

मृत्यु भएका आठ भारतीयको सनाखत

काठमाडौँ – मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टको एउटै कोठामा बेहोस भेटिएपछि उपचारका क्रममा मृत्यु भएका सबै ८ भारतीयका सनाखत भएको छ। मृत्यु भएका सबै भारतको केरलाका हुन्। मृत्यु हुनेमा ३४ वर्षीय रन्जित कुमार पी, ३४ वर्षीया इन्द्र लक्ष्मी, ३८ वर्षीय प्रविणकृष्ण नायर, ३५ वर्षीया शाख्य ससी, पाँच वर्षीय अभिनव सोराङ्य नायर,

धादिङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं- धादिङमा ढोलामण्डली तिर्थस्थलको दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। धादिङको ज्वालामुखी गाउँपालिका-४ स्थित ढोलामण्डलीमा मंगलबार लागेको मेला हेरेर फर्केका यात्रु बोकेको ट्रक दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ। धादिङबेँसी फर्कँदै गरेको उक्त ट्रक निलकण्ठ नगरपालिका-९ को मैली भञ्ज्याङमा दुर्घटना भएको हो। ट्रकमा ४०