पक्राउ पर्लान त ३३ केजी सुनका मालीक ? अनुसन्धान को माथी तेर्सियो


Tuesday, 10 Jan, 2017 12:00 AM

काठमाडौं - सुरक्षाको सबै चरण पारे गरेर पिंगलास्थानको चोरबाटोमा ३३ किलो सुन कसरी पुग्यो भन्ने प्रश्नसँगै त्यसको मालिक को भन्ने विषयमा निकै ठूलो अनुसन्धान शुरू भएको छ । नेपाली नै मालिक हुन् भन्ने बारेमा प्रहरी विस्वस्त हँुदै गर्दा नेपालीसँग भारतीय व्यापारीले कसरी संगत गरे र त्यसलाई विमानस्थलको भन्सार र सुरक्षा दुवै अंगलाई कसरी प्रभाव पारे भन्ने विषयमा सिआइबीको अनुसन्धान अघि बढेको छ ।

विमानस्थलकोे भन्सारमा भएको एक्सरे मेसिनमा प्रहरीको पहँुच नभएपनि विमानस्थलमा खटिएको प्रहरीको नेतृत्वसँग समन्वय नै नगरी त्यो सामान आउन नसक्ने प्रश्नको निराकरणका लागि पनि सिआइवीले त्यहाँ रहेका सुरक्षाकर्मीहरूको ड्युटी प्रसंगसमेत यस विषयसँग जोडेर हेर्न थालेको छ । सूक्ष्म ढंगले शुरू गरिएको अनुसन्धानको प्रक्रिया भने नेपालको व्यापारिक घरनासँग पनि ठोक्किएको सिआइवी स्रोतले दावी गरेको छ ।

दुवईबाट आएका बाँकेका गोपालबहादुर शाहीको लगेजबाट सिआइबीले साँढे ३३ किलोभन्दा बढी सुन बरामद गरेको थियो । सुन लिन जोरपाटीमा बसिरहेका दिलबहादुर थापा र सन्तोष काप्mलेलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । सिआइबी स्रोतका अनुसार पक्राउ परेका तीनै जनाले आफूहरू भरिया मात्र भएको र सुनका बास्तविक मालिक थाहा नभएको बताएका छन् । सुन तस्करहरू आफू अघि नपर्ने र सुन बोक्न अरूलाई भाडामा प्रयोग गर्ने पुरानै तरिका हो । यसमा उनीहरू पनि परेका अनुमान प्रहरीले गरेको छ । नेपालका पुराना सुन तस्कहरू पनि यसमा संलग्न रहेको दावी प्रहरी स्रोतको छ । यसअघि साढे ३ वर्षअघि पनि सिआइबीले काठमाडौंको कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको थियो ।

कन्टेनरमा लुकाइ ल्याएको अवस्थामा प्रहरीले ३५ किलो सुनसहित तातोपानीका ट्रक चालक निमा छिरिङ तामाङलाई पक्राउ गरेको थियो । पछि तामाङको बयानका आधारमा सुन मालिक बौद्धका ग्याम्जो लामा पक्राउ परे । मुद्दा धेरै समयसम्म लम्बियो । पछि चालक तामाङले बयान फेरे, सुन लामाको होइन भने । अदालतले लामालाई त्यतिकै छाडिदियो । चालक पनि केहीसमयपछि छुटे । ३५ किलोको सुनकाण्ड ढिसमिस भयो । सुराकी काण्डमा प्रहरी मुछिए अहिले त्यो मुद्धा अख्तियारमा चलिरहेको भएपनि त्यसलाई सामसुम पार्न खोजिएको छ ।

यसपटक भने प्रहरी २०५४ सालतिरको सुनकाण्डमा फर्किएर अनुसन्धान शुरू गर्न थालिएको छ । त्यतिबेला भन्सार विभाग प्रमुख रहेका लोकमानसिंह कार्की, अधिकृत रहेका कृपाशुर शेर्पा तथा त्यतिबेलै सुन ओसारपसारमा लागेका दीपक मल्होत्रा प्रकाश टिवेटेवालाका सम्बन्धलाई पनि सिआइवीले छानवीनको आधार बनाएको छ । पक्राउ परेका अभियुक्त मध्ये केहीले यसअघि नेपालकै मोवाइल कम्पनीको मालिलको सहयोगमा ३ सय किलो सुन भारत लगेको बयान प्रहरीलाई दिएपछि सिआइवीको अनुसन्धानमा दिपक मल्होत्रा तानिएका हुन् । यद्यपि यो विषयलाई प्रहरीले कही कतै हल्ला गर्न चाहेको छैन । त्यसपछि प्रहरीले माओवादी द्वन्द्वकालमा भएको सुन तस्करी र पछिल्लो ०६७ पछिको तस्करीलाई पनि एकै स्थानमा राखेर अनुसनधान गर्न थालेको छ । र विमानस्थलको सुरक्षा जिम्मा लिएर बसेका गोविन्द निरौलालाई आन्तरिक रूपमै स्पष्किरण लिएर सुरक्षा कमजोरीको विषयमा सचेत समेत गराउदै प्रहरी प्रधानकार्यालय तान्ने तयारी गरेको स्रोतले जनाएको छ ।
जनप्रहार साप्ताहिकबाट

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top