सुन तस्करी प्रकरण :- सशस्त्र मुख्यालयले लियो एकसन, विमानस्थलमा सशस्त्रको नयाँ टोली


Sunday, 13 Aug, 2017 12:00 AM

शम्भु कट्टेल
काठमाडौं
-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सइ) सञ्जीव मानन्धर सुन तस्करीमा संलग्न भएको खुलेपछि सशस्त्र मुख्यालयले विमानस्थलमा डीएसपीको कमान्डमा नयाँ टोली पठाएको छ । सशस्त्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका इन्स्पेक्टर दामोदर धोडारीको टोलीलाई फिर्ता बोलाई डीएसपी कृष्ण कर्माचार्यलाई खटाएको हो ।

कर्माचार्य सशस्त्र प्रहरी सुरक्षा महाशाखाअन्तर्गत खटिएका हुन् । गलत काम गर्ने व्यक्ति र निकायको सुराकी गर्ने जिम्मेवारी पाएका मानन्धर स्वयं सुन तस्करीमा मुछिएपछि अन्य सुरक्षाकर्मीमाथि पनि प्रश्न उठ्न थालेको छ । विगतमा त्रिभुवन विमानस्थलमा सेटिङमा काम गरेको आरोपमा तत्कालीन डीआईजी गोपाल भण्डारी, एसएसपीद्वय रविराज श्रेष्ठ र श्याम खत्रीसमेत निलम्बनमा परेका थिए । सुन तस्करीमा संलग्न भएको भनिएका सशस्त्रका सई मानन्धरविरुद्ध मुद्दा चलिरहेको छ ।

सुन तस्करी प्रकरणमा आफ्ना कर्मचारी संलग्न हुँदा संगठनको विश्वसनीयता र गरिमामा समेत आँच आएको भन्दै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले विमानस्थलमा नयाँ टोली पठाएका हुन् । सशस्त्र प्रवक्ता राजु अर्यालले अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको टोली परिवर्तन गरिएको बताए । ‘त्यहाँ खटिएका १४ जनाको टोली फिर्ता बोलाएर नयाँ पठाइसकेका छौुं, उनले भने ।

सुन तस्करीमा संलग्न मानन्धरसमेत सुरक्षा महाशाखाअन्तर्गत कार्यरत थिए । सशस्त्र मुख्यालयमा उक्त महाशाखा इन्चार्जका रूपमा डीएसपी गोपी चन्द कार्यरत छन् । चन्दलाई तत्कालीन महानिरीक्षक कोषराज वन्तले इन्चार्ज बनाएका हुन् । लामो समयदेखि एउटै व्यक्तिलाई विमानस्थलमा सुराकीका रूपमा राख्नु नै संगठनको लापरबाही भएको भन्दै संगठनभित्रै आलोचना हुन थालेपछि सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले विमानस्थलको टोली परिवर्तन गरेका हुन् ।विमानस्थलमा सशस्त्रबाट खटिएका केही प्रहरीको लामो समयदेखि सरुवा भएको थिएन । मानन्धरसमेत लामो समयदेखि विमानस्थलमै थिए।

मलेसियन एयरलाइन्सबाट दुई किलो सुनसहित काठमाडौं आएका पोखराका लेखबहादुर रिजाली र कास्कीकी पार्वती गुरुङ पक्राउ परेपछि उनीहरूकै बयानका आधारमा सशस्त्रका सई मानन्धर पक्राउ परेका हुन् । रिजाली र गुरुङले ल्याएको सुन विमानस्थलबाट बाहिर निकाल्न मानन्धरलाई प्रयोग गरेका थिए । विमानस्थल प्रहरीले सुन आउँदै छ भन्ने गोप्य सूचनाका आधारमा रिजाली र गुरुङलाई ट्र्याकिङ गरेका थिए । अध्यागमनको अराइभल कक्षनजिकैको शौचालयमा सुन लुकाउन लागेपछि प्रहरीले रिजालीलाई दुई किलो सुनसहित पक्राउ गरेको थियो ।

अन्नपूर्ण

Related News

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top