शसस्त्रमा ७७ एसपीको सरूवा , सरूवामा आईजिपीका भतिजाले असुले मोटो रक़म


Monday, 29 Aug, 2016 9:40 AM

काठमाण्डौ- शसस्त्र प्रहरीले ७७ जना एसपीहरूको सरूवा गरेको छ । शसस्त्रको यस पटकको सरूवामा पनि पक्षपात हुनुको साथै पैसाको चलखेल भएको स्रोतको दावी छ । शसस्त्र प्रहरीमा दुई वर्षदेखी कमाण्ड नपाएका एसपीहरू नवराज अर्याल र मधुकृष्ण गड्तौलालाई यसपटक पनि कमाण्ड दिइएको छैन् भने कुनै कुनै एसपीले पाँच पटकसम्म पनि  कमाण्ड पाएका छन् ।

प्राविधिक एसपी विदुर खड्का, भगवान मल्ल र भरत वावु केसीले यसपटक पनि आकर्षक मानिने कमाण्ड पाएका छन् । उनिहरू एसपी पदमा सवैभन्दा वढी अवसर पाउने भाग्यमानी अधिकृतहरू हुन् । खड्काले दक्षिणकाली गण, मल्लले सिमा सुरक्षा कार्यालय रौतहट र केसीले दन्तकाली गणको कमाण्ड पाएका छन् । सरूवाको अन्तिम टुंगो आईतवार राति गृहमन्त्री विमलेन्द्र निधिको सरकारी निवास पुल्चोकमा लागेको थियो । 

 
स्रोतकाअनुसार सरूवामा आईजिपी दुर्जकुमार राईको भतिजा नाता पर्ने लाहुरे पृष्ठभूमि भएका युवाले चलखेल गरेका छन् । आईजिपी राईले उनिमार्फत नै  सरूवामा आर्थिक चलखेल गरेको विश्वस्त स्रोतले मुलधारलाई जानकारी दियो । 
सरूवावारे एआईजीको वैठक राखेपनि कसैलाई दवाव नदिन् राईले चेतावनी दिएको थिए । उनले मापदण्ड वनाएर सरूवा गर्ने वताएपनि अन्तिममा राजनितीक दवाव र आर्थिक प्रलोभनमा परेर सरूवा भएको देखिएको शसस्त्रका एक एआईजीले मुलधारलाई भने । 

Related News

बिचार

नवराज सिलवाल प्रकरणः गणतन्त्रको कोतपर्व

-कृष्णा पौडेल,
निश्चय नै सिंगो राष्ट्रको अगाडि नागरिक नै हार्ने हो । राष्ट्रको जितका लागि नागरिकलाई हराउने हो । यो युनिर्भसल वा युर्निभसल जस्तै हो । हात्ती र हात्तीछाप चप्पल जस्तै । राज्य हार्नु हुँदैन भन्दै आफ्ना अभिष्ट पुरा गर्न केही नेता र प्रहरी स्वयंले प्रहरी संगठनमाथि खेले । यो भन्दा मेरो पुवाग्रह देखिन सक्छ । समाचारको बहानामा सञ्चार माध्यमले व्यक्तिको मानहानी गर्दै दोषी नै प्रमाणित गरिदिए । सिंगो राष्ट्र जो एक असल नागरिकको विपक्षमा लागिरहेको छ । जो एक असल नागरिकलाई हराउन लागिपरिरहेको छ । मिडिया, जसलाई त्यही राज्यद्वारा नियन्त्रित संस्थाले दिएको रिपोर्टको आधारमा न्याय खोजिरहेको व्यक्तिलाई दोषी नै प्रमाणित गरी समाचार छापिरहेका छन् । घन्काइरहेका छन् । सिलवाल र सरकार दुवै तर्फका आ–आफ्ना प्रतिवेदन विभिन्न मिडियामा आइसकेका छन् । प्रतिवेदनमा दुवै पक्षले आफू सही भएको यथेष्ट प्रमाण दिन खोजेका छन् ।

आईजीपी नियुक्ति प्रकरण :- कता जाँदैछ नेपाली कांग्रेस ?

सर्वोच्च अदालतले आइजीपी नियुक्तिका सन्दर्भमा गरेको फैसला कार्यन्वयन नगराउन कांग्रेस सभापति देउवा स्वयं सक्रिय भएको प्रचार सुरु भएको थियो । कांग्रेसको यो निर्णयले त्यो आरोपलाई पुष्टि गरेको छ । अदालतले निर्णय दिईसकेपछि कार्यान्वयनमा सघाउनुको विकल्प छैन । देउवाको आज जुन राजनीतिक उचाई छ यसमा स्वतन्त्र न्यायालयको ठूलो योगदान छ । पहिलो कुरा, सर्वोच्च अदालतका तत्कालिन न्यायधीशले ‘नेविसंघ अवैध हो’ भन्ने राजाको इच्छा मानिदिएको भए देउवाको राजनीतिक उदय नै हुने थिएन । त्यतिबेलै प्रतिबन्ध लागेर सेलाउँथ्यो । नेविसंघको अध्यक्ष बनेपछि नै देउवाको राजनीतिक शिखर आरोहरण सुरु भएको हो । त्यतिबेलाको निरंकुश राजतन्त्रले समेत अदालतको फैसलालाई दायाँबायाँ गर्ने आँट गरेन ।

महत्वपूर्ण वेबसाइट

Top