सशस्त्रमा एआईजी पुष्परामको यस्तो आतंक


Tuesday, 13 Feb, 2018 12:00 AM

काठमाडौ - ३० वर्षे सेवाहद लम्बाएर आईजिपी हुने खेलमा लागेका सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसीका कारण संगठनमा भद्रगोल बढेको छ । आईजिपी सिंहबहादुर श्रेष्ठलाई समेत गुमराहमा राखेर उनले संगठनभित्र अनेक चलखेल गर्दै आएका छन् ।


हाल कार्य विभागका प्रमुख रहेका केसीले प्रशासन विभागका अधिकारीहरु समेत खोसेका छन् । उनले विदा बस्नेहरुको सम्पूर्ण विवरण माग गर्दै परिपत्र गरेपछि सशस्त्र प्रहरी अधिकारीहरु अचम्ममा परेका छन् । उनले मातहतका कार्यालयलाई विदामा बस्नेहरुको सूचि दैनिक रुपमा माग्ने गरेका छन् । सशस्त्रमा कर्मचारीलाई विदामा पठाएर राशनभत्ता खाने प्रवृत्ति रहेकाले त्यसको कमिसन आफुलाई पनि चाहिने भन्दै उनले त्यसरी आतंक मच्चाएको एक अधिकारीले बताए ।


त्यस्तै सशस्त्र मुख्यालयभित्र भएको आगलागीको घट्नामा पनि उनको भूमिका शंकास्पद रहेको बताइन्छ । मध्यराति एक हवल्दारले पेट्रोल लिएर स्टोर रुममा जाँदा पनि कसैले उसलाई नरोक्नुले घटना रहस्यमय भएको हो ।


कार्य विभागको प्रमुखका रुपमा मुख्यालयको सुरक्षा व्यवस्था हेर्ने जिम्मेवारी उनकै हुन्छ । तर, कसरी सजिलै हवल्दार मुख्यालयभित्रको स्टोरमा छिरेर आगो लगाउन सके रु सो घट्नामा गहन अनुसन्धान भएको छैन । गृह मन्त्रालयका सहसचिव कृष्ण राउत संयोजकत्वको समितिले घटना नियोजित भएको भन्दै गम्भीर अनुसन्धानका लागि सिआईबीलाई पत्राचार गरेपनि सशस्त्र नेतृत्वले अनुसन्धानलाई सहयोग नगर्दा अघि बढ्न नसकेको बताइन्छ । सशस्त्रको भ्रष्टाचारमा अख्तियारले छानबिन थालेपछि नियोजित रुपमा आर्थिक कारोवारका कागजपत्र आगो लगाइएको थियो । जसमा संलग्न हवल्दार र प्रहरी सहायक निरिक्षक (सई) लाई मात्र कारबाहीको दायरामा ल्याइएको दृष्टि साप्ताहिकमा समाचार छ ।

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top