सशस्त्र प्रहरी बलका तीन हजार एक सय सात पदमा बढुवा सिफारिस (बढुवा सुचीसहित)


Saturday, 1 Apr, 2017 12:00 AM

काठमाण्डौ -सशस्त्र प्रहरी वलले शुक्रबार तीन हजार एक सय सात पदमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिसमा पर्नेमा तीन एआईजी छन । लामो समयदेखि सशस्त्र प्रहरी वलमा तलदेखि माथिल्ला पदहरुमा बढुवा रोकिएको थियो । बढुवा रोकिदा निरास सशस्त्र प्रहरी वलका कर्मचारीकालागी शुक्रबार खुशी छाएको छ । आईजीपी सिंहबहादुर श्रेष्ठले पद बहाली गरेदेखि नै रोकिएको बढुवा प्रक्रिया शुरु गरेका थिए ।

रिक्त तीन एआईजी पदमा बढुवाकालागी डिआईजीहरु पुष्पराम केसि, नारायणबाबु थापा र रामशरण पौडेलको सिफारिस गरिएको छ । त्यसैगरि सशस्त्र प्रहरी बरिष्ठ हवल्दारकालागी नौ सय १४ जना, सशस्त्र प्रहरी हवल्दारकालागी नौसय ५०  र सशस्त्र प्रहरी सहायक हवल्दारकालागी एक हजार दुईसय ४० जनाको सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी बरिष्ठ हवल्दारको बढुवा सुची हेर्न यो लिंकमा क्लिक गर्नुहोला  http://apf.gov.np/files/attachments/58de9a5a9e127.pdf
सशस्त्र प्रहरी हवल्दारको बढुवा सुची हेर्न या ेलिंकमा क्लिक गर्नुहोला    http://apf.gov.np/files/attachments/58de9b106cba5.pdf
सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा सुची हेर्न यो लिंकमा क्लिक गर्नुहोला http://apf.gov.np/files/attachments/58de9b9e7b774.pdf


 

Related News

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top