सशस्त्र प्रहरी परिवार महिला संघद्वारा बाढी पीडितलाई राहत वितरण


Friday, 8 Sep, 2017 12:00 AM

काठमाण्डौ -सशस्त्र प्रहरी परिवार महिला संघले सप्तरी जिल्लाका बिभिन्न स्थानमा रहेका बाढीपीडितलाई राहत समागी्र बितरण गरेको छ । जिल्लाको हनुमाननगर नगरपालिका वडा नम्बर २ र ३ का बाढी पीडित नागरिकलाई राहत सामाग्रीहरु वितरण गर्नुका साथै निःशुल्क रुपमा स्वास्थ्य सेवा संचालन गरेको छ ।

    त्यस ठाँउका करीव दुई सय घर परिवारको लागि सो संघले खाद्यान्न, लत्ताकपडा लगायतका विभिन्न राहत सामाग्री उपलब्ध गराएको हो । उक्त राहत सामाग्री सो संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठ लगायत संघका पदाधिकारीहरुले सोही ठाँउमा आयोजित एक कार्यक्रमका बीच बाढी तथा डुवानबाट प्रभावित पीडित परिवारहरुलाई वितरण गरेका थिए ।

    संघले सो स्थानका बाढी पीडितहरुका लागि दुई हजार केजी चामल, दुई सय केजी दाल, दुई सुय लिटर खाने तेल, दुई सय केजी नुन, दुई सय केजी चिनी, एक सय केजी सोयाविन, एक हजार दुई सय प्याकेट बिस्कुट र दुई सय थान कम्बल वितरण गरको छ ।    पूर्व क्षेत्रीय सशस्त्र प्रहरी परिवार महिला संघको समन्वय तथा सहयोगमा सम्पन्न उक्त राहत वितरण कार्यक्रमसँगै स्वास्थ्य शिविर समेत संचालन गरिएको थियो ।
    नेपाल एपीएफ अस्पताल बलम्वु काठमाडौंबाट चिकित्सकसहित खटिएका स्वास्थ्यकर्मीहरुले सो ठाँउका करीव तीन सय जनाको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरेका छन् ।

त्यसैगरि पूर्व क्षेत्रीय सशस्त्र प्रहरी परिवार महिला संघ पकली सुनसरीमा संचालित सत्रौं र अठारौं समूहको वेशिक सिलाई कटाई तालिम सम्पन्न भएको छ ।    
    उक्त तालिमको भाद्र २२ गते सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठले एक कार्यक्रममा बीच समापन गर्नुका साथै तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।  संघद्वारा संचालित १९औं समूहको वेशिक सिलाई कटाई तालिम तथा चौथो समूहको स्पेसल सिलाई कटाई तालिमको समेत त्यसै अवसरमा सो संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठले उद्घाटन गरेकि थिईन ।

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top