सशस्त्रमा राजनितिक हस्तक्षेपले रोकियो डिआईजीको बढुवा

गृह सचिव लोकदर्शन रेग्मी भए हावी


Wednesday, 14 Jun, 2017 10:59 AM

काठमाण्डौ– शसस्त्र प्रहरी बलमा राजनितिक दवावका कारण डिआईजीहरुको बढुवा आज पनि रोकिएको छ । गृहमन्त्रालयले डिआईजी बढुवाको, लागी तिन सदस्यीय समिती गठन गरेको थियो । सशस्त्रको बढुवा समितीको अध्यक्षमा गृहसचिव लोकदर्शन रेग्मी, सदस्यमा सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र एआईजी पुष्पराम केसी सदस्य सचिव थिए । बढुवा समितीको जेठ २५ गते वसेको वैठकले सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार बढुवा पदपूति गर्नुपर्ने भएको भन्दै सम्भाव्य उम्मेदवारहरुले आफुले प्राप्त गरेको शैक्षिक योग्यतालगायत आवश्यक पर्ने प्रमाणपत्र संलग्न गरी मुल्याकंन फारम तिन दिन भित्र भरी निवेदन पेश गर्न सुचना प्रकाशित गरेको थियो ।  

डिआईजी बढुवाको लागी पटक–पटक बढुवा समितीको वैठक वसेपनि सत्तारुढ दलका नेताहरुले आफु निकटका एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न दिएको दवावका कारण डिआईजीको बढुवा हुन् नसकेको हो । गृहमन्त्रालयमा वुधवार दिउसो ३ वजेवाट सुरु भएको वैठक iतिन घण्टा चलेको थियो । सशस्त्रको मुख्यालयमा रात्री भोजसहित वुधवार राति वसेको वैठकमा समेत कुनै निर्णय हुन सकेन् ।

स्रोतकाअनुसार डिआईजी बढुवामा गृहसचिव लोकदर्शन रेग्मी हावी देखिएका छन् भने सशस्त्र प्रहरी महानिरीक्ष्ँक सिंहबहादुर श्रेष्ठ निरिह देखिएका छन् । “श्रेष्ठ मन्त्री र सचिवले जे भन्यो त्यही निर्णय मान्नेमा देखिनुभयो,यसले संगठनलाई कमजोर पार्ने काम भएको छ ।”” सशस्त्रमा एक डिआईजीले मुलधारसंग भने ।

सशस्त्रमा डिआईजी बढुवाको लागी एसएसपी प्रजा भक्त, राजु सुवाल,संजय राणा,चिरन्जीवी अधिकारी,प्रविण श्रेष्ठ,भरत श्रेष्ठ,नगेन्द्र थापा,कविन्द्रमान श्रेष्ठ,रामप्रकाश श्रेष्ठ,राजु अर्याल र नाराणदत्त पौडेल दौडमा छन् । सशस्त्रमा पाच जना डिआईजीको दरवन्दी लामो समयदेखी रिक्त रहेको थियो । स्रोतकाअनुसार डिआईजीमा बढुवाको लागी वरियता मिचिएको मात्र छैन् बढुवामा राजनितिक हस्तक्षेपले समेत काम गरेको छ ।  उच्च स्रोतले दिएको जानकारीअनसार डिआईजीका लागी एसएसपीहरु चिरन्जीवी अधिकारी, नगेन्द्र थापा, रामप्रकाश श्रेष्ठ, प्रविण श्रेष्ठ र कविन्द्रमान श्रेष्ठको बढुवा हुने निश्चितजस्तै भएको छ । सशस्त्रमा वरियताअनुसार एक नम्वरमा रहेका प्राविधिक पृष्ठभुमिका एसएसपी प्रजा भक्त र दुई नम्वरमा रहेका राजु सुवाललाई बढुवामा नपार्ने लगभग निश्चित भएको छ । बढुवाको लागी वरियता र कार्यसम्पादन दुवै हेर्नुपर्ने आवाज संगठन भित्र उठेको थियो ।

 गृहमन्त्री जनार्दन शर्माले बढुवा प्रक्रिया छिटो अघि बढाउन सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएपछि बढुवा प्रक्रियाले गति पाएको हो ।
बढुवामा नपरेका तर,वरियतामा एक नम्वरमा रहेका एसएसपी प्रजा भक्तको कार्यसम्पादन सन्तोषजनक थिएन भने सेनाबाट सशस्त्रमा आएका राणा र भरत श्रेष्ठ, सशस्त्रको नियमावलीको कारणले वढुवा हुनवाट वंचित भए । 

सशस्त्रको नियमावलीमा डिआईजी हुन स्नातक तह उर्तिण गरेको हुनुपर्ने भन्ने नियम छ । राणा र श्रेष्ठ दुवै आईए पास मात्र छन् ।  एसएसपी सुवालको प्राविधीक पृष्ठभुमि भएपनि पछिल्लो समय उनले विपत व्यवस्थापन केन्द्र कुरिन्टारको समादेशक भएर कमाण्ड गरेको र सिन्धुपाल्चोकमा गण कमाण्ड गरेका थिए । उनी वरिष्ठतामा समेत दुई नम्वरमा थिए । गृहमन्त्रालयमा वुधवार दिउसो चलेको वैठकमा सुवाललाई प्राविधिक भएकाले बढुवा दिन नहुने आवाज उठेको थियो । तर,सशस्त्रको नियमावलीअनुसार भने सुवाल बढुवाका लागी योग्य थिए ।

एसएसपी राणा तत्कालिन आईजिपी कोषराज वन्तले नियमावली ल्याउदा आफुलाई अन्याय परेको भन्दै उनि त्यो सच्याउनुपर्ने भन्दै सर्वोच्च अदालत समेत पुगेका थिए ।  एसएसपी अधिकारी अघिल्लो पटक भएको बढुवामा छुटेका थिए । उनलाई एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डिआईजी बनाउन गृहमन्त्री शर्मालाई दवाव दिएको स्रोतको दावी छ । अधिकारी चितवनका स्थायी वासिन्दा हुन ।  

एसएसपी प्रविण श्रेष्ठलाई डिआईजी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले चर्को दवाव दिएपछि उनलाई बढुवा गर्न सचिव रेग्मी र आईजीपी श्रेष्ठ राजि भएका थिए । गृहमन्त्री जनार्दन शर्माले बढुवा र सरुवामा शक्तिकेन्द्रबाट दवाव दिनेहरुलाई कार्वाही गर्ने भन्दै सार्वजनिक अभिव्यक्ती दिएपनि डिआईजीको बढुवामा भने राजनितिक दवावले काम गरेको छ । डिआईजीको बढुवा टुंगिएपनि त्यसमा हस्ताक्षर भने भएको छैन् ।  

सशस्त्रको बढुवा नियमावलीअनुसार बढुवाको लागी सिफारीस गर्दा कार्यक्षमता मूल्याङकनको आधारमा गर्नुपर्ने उल्लेख छ । सशस्त्रको नियमावलीमा कार्यसम्पादन मुल्याङकनवाफत ४० , जेष्ठतावापत २०, शैक्षिक योग्यतावापत ७ , तालिमवापत १३, चुनौतीपुर्ण ÷विशेष जिम्मेवारी वापत ५, भौगोलिक क्षेत्रमा काम गरे वापत ८,विभुषणवापत २ र बढुवा समितीले दिने अंङ्कवापत ५ नम्वर दिन पाउने व्यवस्था   छ ।

Related News

बिचार

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

डीएसपी हुँदा एसएसपी पक्राउ गर्नुपर्दा

बडाहाकिम अनुहारमा चिटचिट पसिना निकाल्दै हातमा एउटा कागज समातेर आफ्नो कार्यकक्षमा ओहोरदोहोर गरिरहेका थिए । मैले आफू आएको जानकारी गराउनासाथ उनले ‘माथिको आदेश’ भन्दै हड्बडाउँदै र दुवै हात कमाउँदै (आवा) आकाशवाणीका रूपमा प्राप्त गरेको कागजको एउटा टुक्रा मतिर बढाए । तलदेखि माथिसम्म पढेँ । धेरै कुरा केही थिएन । गृह मन्त्रालयबाट जारी गरिएको गोप्य निर्देशन रहेछ । जसमा लेखिएको थियो, ‘विशिष्ट राजनीतिक परिस्थिति सिर्जना हुन पुगेकाले उल्लिखित ६ व्यक्तिलाई तुरुन्त पक्राउ गरी हिरासतमा लिनू र यस कदमविरुद्ध कुनै व्यक्ति वा समूहद्वारा राजनीतिक क्रियाकलाप प्रदर्शन गर्न खोजे उनीहरूलाई पनि यसै आदेशका आधारमा पक्राउ गरी माथि जानकारी गराउनू ।’ पाँच जना व्यक्तिको नाममा मलाई त्यस्तो अप्ठ्यारो लागेन । तर, एक जना व्यक्तिको नामले मलाई भित्रैदेखि झकझक्यायो । मैले ती नाम दोहोर्‍याएर–तेहेर्‍याएर पढेँ । एकपटक झस्किएँ पनि, कतै आफ्नै नाम त छैन भनेर । मेरो नाम त थिएन तर मभन्दा माथिल्लो तहका प्रहरी अफिसर अर्थात् एसएसपीको नाम त्यो पक्राउ गर्नू भन्ने पुर्जामा चौथो नम्बरमा थियो । उनी नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायका नातेदार थिए ।

महत्वपूर्ण वेबसाइट

Top