कैलाली ५ :- टुरिस्ट उम्मेदवारको आरोप खेपेकी आरजूलाई सकस


Thursday, 16 Nov, 2017 12:00 AM

दीपक ओली
धनगढी -
कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा कसले बाजी मार्ला भन्ने चर्चा सुरु भएको छ । प्रधानमन्त्री पत्नी डा आरजू राणा देउवा प्रतिनिधिसभामा यो क्षेत्रबाट उठेपछि कस्को विजय होला भनी उत्सुकता बढेको छ ।

कार्यकर्ताबाटै टुरिस्ट उम्मेदवारको आरोप खेपेकी आरजूले ३ करोड लगानी गरेर घरै किनिन्, तापनि उनी अलोचनामुक्त हुन सकिनन् । यही क्षेत्रमा वाम गठबन्धनबाट जनजाति समुदायका नारदमुनि राना र विवेकशील साझाका तर्फबाट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी दिनेशराज भण्डारीले उम्मेदवारी दिएका छन् ।

यही क्षेत्रबाट २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव लडेका थिए । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा पत्नी आरजूको बारेमा पार्टीभित्र र बाहिर उत्तिकै बहस सुरु भएको छ । रानाले राना थारू समुदायको मत तान्ने अपेक्षा गरिएको राजधानीमा खबर छ ।

राना थारूको बाक्लो बसोबास भएको यस क्षेत्रमा राना थारू समुदायका ३० हजार मतदाता रहेका छन् । रानाले २०५४ सालमा धनगढी नगरपालिकाको उपप्रमुखमा चुनाव जितेका थिए । उनी २०६४ सालमा समानुपातिक कोटाबाट सांसद बनेका थिए । देउवा पत्नी आरजू पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्न लागेकी हुन् । उनी यसअघि कांग्रेसबाट समानुपातिक कोटामा सांसद बनेकी थिइन् ।

विवेकशील साझाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका भण्डारी यस क्षेत्रमा व्यवसायी तथा पर्यटनका क्षेत्रमा थुप्रै काम गरेकाले उनको पनि राम्रो छवि छ । भण्डारीले कांग्रेस र एमालेको मत तान्ने अनुमान गरिएको छ । स्थानीय निर्वाचनमा यस क्षेत्रमा उम्मेदवार व्यवसायी गोपाल हमालले राम्रो मत पाएकाले भण्डारीको पक्षमा पनि राम्रो मत पाउने धेरैको मत  छ । हमाल हाल विवेकशील पार्टीका ७ नम्बर प्रदेशका संयोजक रहेका छन् ।

यस क्षेत्रबाट स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृप ओडले चुनाव जितेका थिए । २०६४ सालको संविधानसभामा भने माओवादीकी लीला भण्डारीले निर्वाचन जितेकी थिइन् ।

शेरबहादुर देउवा चुनाव लडेयता कांग्रेसका उम्मेदवारले जित हात पारेकाले यस क्षेत्रलाई कांग्रेसको पकड क्षेत्र मानिन्छ । स्थानीय तह निर्वाचको मतलाई हेर्दा एमाले–माओवादीले पाएको मत जोड्दा भने कांग्रेस, फोरम लोकतान्त्रिक र राप्रपाले पाएको मतभन्दा केही बढी छ ।

नेपाली कांग्रेसले पाएको भन्दा वाम गठबन्धनले पाएको मत बढी छ । तत्कालीन क्षेत्र नम्बर ६ निर्वाचन क्षेत्रमा हाल धनगढी उपमहानगरपालिकामा कैलारी गाउँपालिकाका २ वडा थप गरेर क्षेत्र नम्बर ५ बनाइएको छ । यो क्षेत्रमा ९२ हजार मतदाता रहेका छन् ।

राना थारू समुदायको मत रानाले प्रभावित गर्न सके नतिजा उनको पोल्टामा जान सक्ने स्थानीयको भनाइ छ । कांग्रेसको प्रभाव क्षेत्र, आरजूको व्यक्तित्वलगायत कारण आरजूले चुनाव जित्ने कांग्रेस समर्थकको आँकलन छ । विवेकशीलबाट उम्मेदवार बनेका भण्डारी अन्य दलले झुट्टा आश्वासन धेरै दिएकाले अब मतदाता नयाँ दललाई भोट दिने बताउँछन् ।

७ नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका रहेको यो क्षेत्र राजनीतिक रूपमा महŒव राख्ने क्षेत्र हो । १९ वडा रहेको धनगढी उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित १२ वटा वडा कांग्रेस, ५ वटा माओवादी र २ वटा वडामा एमालेले जितेको थियो ।

वाम गठबन्धनको मत करिब पाँच हजार बढी देखिए पनि प्रतिनिधिसभा निर्वाचन भएकाले स्थानीय तहको मतको थोरै अन्तरले ठूलो अर्थ नराख्ने जानकारहरू बताउँछन् ।

Related News

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top