बाहुवलीका हिरोलाई ६ हजार युवतीले विहेको प्रस्ताव गरेपछि...


Tuesday, 9 May, 2017 4:05 AM

काठमाण्डौ–   यतिबेला सिंगो भारत बाहुबली-२ को रंगमा रंगिएको छ । र, यस फिल्मबाट सबैभन्दा बढि चर्चामा छन् मुख्य अभिनेता प्रभास । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रुपमा हेर्न थालिएको छ । यससँगै उनको फ्यान फलोइङ पनि ब्यापक बन्दै गएको छ । सुन्दर अनुहार, गडिलो शरीर र प्रतिभाका कारण उनको फ्यान फलोइङ बढि हुनु स्वभाविकै हो । उनका फ्यान धेरैजसो केटीहरु छन् ।

प्रभास अहिलेसम्म सिंगल छन् । उनलाई ‘मोस्ट इलिजेबल ब्याचलर’ मान्न थालिएको छ । यसैबीच प्रभासको विषयमा एउटा रोचक खबर सार्वजनिक भएको छ ।

खबरअनुसार बाहुबली २ को सुटिङ गरिरहँदा उनलाई ६ हजार जनाबाट विवाहको प्रस्ताव आएका थिए । तर, उनले सबै प्रस्ताव अस्वीकार गरे । प्रभास केवल आफ्नो करिअरमा फोकस हुन चाहन्थे ।

प्रभासले आफ्नो फिल्म र निर्देशक एसएस राजामौलीसँग गरेको वाचा निभाउनका लागि अरु कुरामा ध्यान नै दिएनन् । यहाँसम्म कि चार वर्षसम्म उनले एउटा विज्ञापनसमेत साइन गरेनन् । यही कारणले बीचमा उनलाई पैसाको अभाव पनि भएको थियो । एजेन्सी
 

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top