कांग्रेस हार्नुको २० प्रतिशत कारण सिलवाल


Saturday, 16 Dec, 2017 12:00 AM

वसन्तराज कुँवर
गतहप्ता पूर्वप्रहरीहरूको लागि निकै खुसीको हप्ता रह्यो किनकी पूर्व प्रहरीहरू अब देशको संसद भवनमा छिरे । पूर्व आइजिपी नै हुनुपर्ने तर तत्कालीन सरकार प्रमुखको दुराशयको कारणले प्राविधिकरूपमा डिआइजीमात्र भन्नु पर्ने प्रहरी अधिकृत नवराज सिलवाल प्रत्यक्षतर्फ जनतामाझ गएर स्थापित काँग्र्रेस पार्टीका अर्थमन्त्रीलाई हराई सांसद बन्न सफल हुनुभयो । एउटा पूर्वप्र्रहरीले साँच्चिकै आँटे उसले के के गर्न सक्दोरहेछ भन्ने यो इतिहासको एक ज्वलन्त उदाहरण हो । एउटा पूर्वप्रहरीमाथि शासनमा रहँदा अन्याय गर्ने उपर यदि त्यो पूर्वप्रहरीले फर्केर आक्रमण ग¥यो भने प्रधानमन्त्रीविरुद्ध पनि केसम्म गर्न सक्दो रहेछ भन्ने कुरा नवराज सिलवालले देखाइदिए । यो सम्पूर्ण पूर्वप्रहरीहरूका लागि गौरवको विषय हो । नवराज सिलवाल अब मन्त्री पनि होलान्् । त्यो सम्पूर्ण प्रहरीका लागि अर्को थप प्रेरणादायी उदाहरण हुनेछ । मैले केही समयअघि जब नवराज सिलवाललाई सरकारको भन्दा पनि आफ्नै महत्वकांक्षी दुष्ट साथीहरूले थुन्नेसम्मको षडयन्त्र गर्दै थिए त्यतिबेला यही पत्रिकामा लेखेको थिएँ ‘नवराज सिलवालको अन्त्य भएको होइन सुरु भयो ।’ धेरैलाई लागेको थियो नवराज सिलवाल सिध्यिए तर मेरो आँखामा उनी अझ उच्च उडानतर्फ अग्रसर भएको देखिरहेको थिएँ ।


सिलवालको जीवनमा सिनेमा तयार गर्ने मैले त्यसबेला उल्लेख पनि गरेको थिएँ र यस सम्बन्धमा चलचित्र डाइरेक्टर उज्वल घिमिरेसँग मेरो एक दुई राउण्ड मिटिङ र कुराकानी पनि भइसकेको थियो तर सिलवालको जीवनमा यति धेरै नयाँ नयाँ मोड आउँदै थिए कि हामी सँगै बसेर योजना गर्न सकेनौँ । सिनेमाका लागि प्रमुख हिरोपात्र सिलवालको जीवनी जान्न जरुरी थियो र बाहिरी दुनियाँले नदेखेको थुप्रै घटना उनीबाट सुन्न पनि जरुरी थियो । त्यो अवसर नमिलेका कारण त्यो परियोजना छिटो छिटो अगाडि बढ्न सकेन तर यो भविष्यमा साकार हुनेछ । धेरै मानिसहरू मलाई घमण्डी पनि भन्छन् र मैले मुक्तकण्ठले तारिफ गर्ने व्यक्तिहरू पनि थोरै मात्र छन् । म कसैको पदको आधारमा वा धनको आधारमा प्रशंसा गर्दिन । न शक्तिको आधारमा नै गर्छु । म प्रशंसा गर्छु‘ योगदानको आधारमा । उसले कति समाजलाई र संगठनलाई वा देशलाई योगदान दियो । म त्यसको आधारमा प्रशंसा गर्छु । नवराज मैले प्रशंसा गर्ने मध्येका एक व्यक्ति हुन् । प्रहरीमा आज धेरै मानिसहरू उच्च तहमा पुगे वा पुगी अवकाश भए तर प्रत्यक्षतर्फ जनताको बीचमा गएर बहालवाला अर्थमन्त्रीलाई दुई महिनाको प्रयासमा हराई संसदमा जाने प्रहरी अधिकृत मैले जीवनमा देखेको थिइनँ । सिधै देशको प्रधानमन्त्रीलाई चुनौती दिएर अदालतमा न्याय माग्ने र टक्कर दिने प्रहरी अधिकृत मैले देखेको थिइनँ । जुन प्रधानमन्त्री छन् उनको विरोधी पार्टीमा गएर सांसदको टिकट लिन सक्ने र विपक्षी दलका अध्यक्षले यो व्यक्तिलाई गृहमन्त्री बनाई प्रहरी संगठन सुधार्न पठाउँछु भनी सार्वजनिक रूपले भनेको मैले देखेको थिइनँ । यो एक प्रहरी अधिकृतका कारण सर्वोच्च अदालतका प्रधानन्यायाधीशविरुद्ध महाअधियोग लगाउने अवस्था आएको मैले देखेको थिइनँ । एउटा प्रहरी अधिकृतको अन्यायको विरुद्धमा लाखौँ करोडौँ जनताले आवाज उठाएको पनि मैले देखेको थिइनँ ।


आज प्रधानमन्त्री देउवाले शासन गुमाउँदैछन् । उनले नेतृत्व गरेको दल सानो भएर क्षेत्रीय दलको रूपमा खुम्चिएको छ । जुन दलमा नवराज सिलवाल गए त्यो गठबन्धनले दुई तिहाई बहुमत ल्यायो । मानिसहरू भन्छन् काँग्रेस खुम्चिनुमा धेरै कारण छन् तर २० प्रतिशत कारण नवराज सिलवाल पनि हुन् । प्रधानमन्त्री देउवाले सहजढंगले सिलवाललाई डिजीपी दिएर चाहेकालाई आइजिपी बनाउन सक्थे । यसो गरेको भए उनी माथि कुनै औँला उठ्थेन तर हाकाहाकी सिलवालविरुद्ध देउवाले अन्याय गरे । लौ त्यति त भयो त्यसपछि सर्वोच्च अदालतले पदमादेश जारी गरिसकेपछि त्यसलाई स्वीकार गरी नवराजलाई न्याय दिएको भए देउवा न्यायपालिकालाई सम्मान गर्ने नेता मानिन्थे तर उनले त्यसो नगरी अर्कैलाई आइजिपी बनाई थप गल्ती गरे । लौ दुईवटा गल्ती भयो । कमसेकम नवराजले त्यसपश्चात दिएको अपिलको सुनुवाई हुन दिएको भए हुन्थ्यो । देउवाले त्यसो नगरी प्रधानन्यायाधीशविरुद्ध महाअधियोग लगाए । त्यतिमात्र होइन नवराज सिलवालले कीर्ते गरेको भनी थुन्नसमेत भित्रीरूपमा सहमति दिए । देउवाले बुभm्नुपथ्र्यो नवराज सिलवालले आफ्ना साथीहरूसँग क्षमता देखाउन कीर्ते गर्न जरुरी थिएन । उनी अरूभन्दा न योग्यतामा न क्षमतामा न इमान्दारीतामा न अन्तर्राष्ट्रिय मान्यतामा न जनताको सम्मानमा न व्यवसायीक तालीममा नै तल थिए । त्यहाँमाथि सिनियर र तल्ला दर्जाबाट सम्मानित त छँदै थिए । उनको नम्बर तल हुने कुरै थिएन । प्रधानमन्त्री देउवाले बुभm्न पथ्र्यो कि प्रहरीमा एउटा गुट छ र त्यो गुटले आफ्ना गुटकाहरूलाई लुला–लंगडा अपाङ्ग–लाटाजस्तो भए पनि नम्बर बेस्सरी दिन्छन् भनेर । देउवाले बुझ्नुपथ्र्यो कि नवराजको कार्य दक्षता मूल्याङ्कन कम हुनै सक्दैन भनेर । देउवाले आफ्नो मान्छेलाई माथि लैजान कसरी सकिन्छ भनेर बरु नवराज सिलवाललाई नै सोधेको भए सिलवालले नै विकल्प दिन्थे होला । एकातर्फ ठूलो रकम घुस लिएर प्रहरी महानिरीक्षक नियुक्तिमा ठेक्का लिएको भन्ने आरोप देउवामाथि लागि रहेको अवस्थामा उनले नवराज सिलवालविरुद्ध जानै हुन्थेन । तर सायद देउवा र काँग्रेसलाई ठूलै दशा लागेको हुनुपर्छ उनीबाट एकपछि अर्को गल्ती हुँदै गयो । उनका प्रत्येक गल्तीले विपक्षी दललाई फाइदा पुग्दै गयो । नवराज माथिको अन्याय आमजनताको चासोको विषय बन्यो । मानिसहरूलाई सिलवालविरुद्ध देउवाले गरेका अन्याय र सर्वोच्चको परमादेश नमानेको अवस्था बिलकुलै चित्त बुझेन । जनताबीच ज्यादै लोकप्रिय सर्वोच्चका न्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाएपछि त देउवा राष्ट्र, अन्तराष्ट्रमा नराम्ररी आलोचित हुनुभयो । त्यस पश्चात नवराजलाई थुन्ने ग्रैण्ड डिजाइन गरे पछि त देशलाई त मन परेन परेन स्वयम् प्रहरीहरू र पूर्वप्रहरीहरू पनि देउवासँग रुष्ट भए । अहिलेको चुनाव नतिजा हेर्दा देउवाको नेतृत्व असक्षम सावित हुँदै आएको छ । पहिला गृहमन्त्री हुँदा पनि उनले रत्नशम्शेर राणालाई हटाई प्रहरीमा राजनीति छिराए । शासनलाई राजामा सुम्पिएर आफै जेल जाने वातावरण बनाए । कोइराला परिवारको अवशानपश्चात उनले प्रधानमन्त्री र पार्टी सभापति हुने मौका पाएका थिए तर जाबो एउटा प्रहरी अधिकृतको पछि लागेर उनको राजनैतिक जीवन विवादित र आलोचित बन्यो । देउवालाई मानिसहरू शासन चलाउन नजान्ने, नियम कानुन, संविधान, परम्परा नमान्ने, घमण्डी र मूर्ख प्रधानमन्त्री ठान्न थाले । प्रहरीलाई चलाउनु देउवाको ठूलो राजनैतिक गल्ती साबित भयो । देउवा काँग्रेसको असफल प्रधानमन्त्री र पार्टी अध्यक्ष हुनुमा नवराज प्रकरण एक हो । यसले देउवा र काँग्रेसलाई पतन गराउन कम्तीमा २० प्रतिशत भूमिका खेलेको छ ।


अब नवराज एक स्थापित राजनेता भइसकेका छन् । उनी अहिले जाहाँ छन् त्यहाँबाट तल हेर्दा प्रहरी प्रमुखहरू साना साना पात्रका रूपमा मात्र देखिने छन् । उनी अब देशको बारेमा सोच्ने छन्, जाहाँ प्रहरीको विषय तिलबराबर मात्र हुनेछ । उनी गृहमन्त्री भएमा इतिहास कै उत्कृष्ट गृहमन्त्री बन्ने छन् किनकी यसरी सुरक्षा अंग बुझेका र यतिसम्मको व्यवसायीक गृहमन्त्री पहिला आएका थिएनन् । नबुझ्ने गृहमन्त्रीहरू केबल सरुवा–बढुवा र पैसा उठाउने काममै मस्त भए । तिनले गृहमन्त्री हुनुको वास्तविक चुरो अर्थ नै बुझेनन् । त्यसैले कुनै गृहमन्त्री आजसम्म सम्मानित पनि छैनन् । सिलवाल गृह मन्त्री भएमा उनले अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेशीक र स्थानिय सुरक्षाको चुनौती आफै बुझेका र त्यसको विरुद्ध रणनीति तयार गर्न र लागु गर्न समेत जानेका हुँदा प्रहरी संगठन र देशका लागि ऐतिहासिक काम गर्न सक्ने निश्चित देखिन्छ । पूर्वप्रहरीहरूले त सिलवाललाई देशभर सहयोग गर्ने निश्चित नै देखिन्छ । मलाई लाग्छ सिलवालको प्रगतीमा ९९ प्रतिशत प्रहरी खुसी छन् । जे होस् सिलवालको आत्मसम्मानको लडाइँ सबैका लागि प्रेरणादायी छ । उनको सफलता पूर्वप्रहरीका लागि उदाहरण हो । सिलवालको चर्चा सयौँ वर्ष पछिसम्म हुनेछ । एक्लै बस्दा स्वयम् प्रधानमन्त्री देउवाले पनि सिलवालमाथिको अन्यायमा पश्चात्ताप गर्ने छन् किनकी काँग्रेस चुनाव हार्नुमा २० प्रतिशत कारक तत्व नवराज सिलवाल नै हुन् । देउवाले सेना, प्रहरी वा प्रशासनमा होस्, त्यस संगठनमा चलिआएको प्राक्टिस वा परम्परा नमानी जति पनि निर्णय गरेका छन् त्यसमा राष्ट्रिय सुरक्षा बलियो पार्नुभन्दा पनि पैसा लिएर त्यस काम गरेका हुन् भन्ने सुरक्षा निकायमा विश्वास छ । देउवालाई पैसा दिएर फाइदा लिएका उच्च अधिकृतहरू उपर फौजका तल्ला कर्मचारीहरूको मान सम्मान देखिँदैन । माथिल्लो फुली भिरे पनि अनैतिक तरिकाले पाएको पद तल्लाका नजरमा सम्मानित हुन सकेको छैन । देउवाको अनैतिक चाहनाले पैसा दिएर धेरै कर्मचारीहरूले फाइदा लिए होलान् तर यसै कारणले देउवा चाहिँ काँग्रेस पार्टीलाई साथ लिएर दलदलमा नराम्रोसँग भासिए । उनी भासिनु वा काँग्रेस हार्नुको २० प्रतिशत कारक तत्व सिलवाल बने ।

बिचार

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

अध्यन खोज विना रातारात जेर्णेलको ५ पदथप गर्ने कुचाल देशको हीतमा छैन

केही दिन यता सशस्त्र प्रहरी वलमा विशिष्ठ श्रेणीको पद ५ वटा थप गर्ने चलखेल भईरहेको खवरले व्यापकता पाएको छ । उक्त संगठनमा ११ वर्ष पुगेका ईन्सपेक्टरहरु डीएस्पीमा र १२ वर्ष पुगेका सिपाही सहायक हवल्दार सम्म हुन पाएका छैनन । देशमा ऐतिहासिक राजनैतिक परिवर्तन भएको दशकौ हुदा सम्म कुनै अध्यन कार्यदल वनेको छैन आवश्यक सुधार विकासका लागि । वर्तमान संविधान २०७२ अनुसार सशस्त्र प्रहरी वल, नेपाल केन्द्रीय शक्तिको रुपमा रहनेछ । यसको आवस्यकता वढेको छ र परिचालन पनि सोही अनुसार केद्रवाट हुने भएकोले अत्यन्तै दूरदृष्टि राखेर निर्णय लिनु उपयुक्त हुनेछ । यसलाई परम्परागतको स्थानीय प्रशासन र जनपद प्रहरीको ढांचामा सुजपुझ विना अल्प सोचका आधारमा कोठे राजनीतिका तरिकामा निर्णय गर्ने हो भने सेतो हात्ति वा सेरोमोनिएल र खर्चिलो हुनेछ । सुरक्षा काम कार्वाहीलाई असरदार र व्यवशायिक वनाउनस मातहतको दरवन्दी विस्तार गरी रेस्पोन्स क्यपासिटी वनाउनु पर्नेमा माथील्लो अहोदाको विशिष्ठ श्रेणीको जर्णेल पद थप गर्ने सोचले हतारको निर्णय फुर्सदको पछुताई हुनेछ । कुनै पनि फौजी संगठनमा स्ट्राटेजीक लेभल, विजेनस वा डिर्पाटमेण्टल लेभल तथा फंगसनल लेभल विचको सन्तुलन मिलेन भने फौज सेरामोनिएल वनाउन खोज्दा उट वने जस्तो नहोस ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top