उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्


Sunday, 11 Feb, 2018 12:00 AM

वसन्तराज कुंवर
प्रहरीमा इन्स्पेक्टर पदमा भर्ना हुँदा हामी तेह्र जाना प्रथम व्याचमा पास भयौ र पछि केही साथीहरू थपियौ । हामीहरू बीच खुबै राम्रो आत्मियता थियो । खाना बाँडेर खान्थ्यौँ । सबैका परिवार आफ्नै परिवारझैँ लाग्दथ्यो । यतिसम्मकी साथीहरूको बाबु, आमा मर्दा, मर्ने साथी घरमा हुन्थेनन् तर त्यो ठाउँमा ड्युटीमा हुने त्यही ब्याचका अर्का साथी घाट गइदिन्थ्यौँ । मोटर साइकलमा घुम्थ्यौँ । रेष्टुरेन्ट जान्थ्यौँ । अचम्मको राम्रो सम्बन्ध थियो हामीबीच । तर जति जति पदोन्नति हुँदै गयो साथीहरूसँगको आत्मियता पनि घट्दै गयो । जसरी पिरामिड स्ट्रक्चरमा संगठनको स्वरूप साँघुरिँदै जान्छ त्यसै गरी आत्मीयता पनि साँघुरिँदै जाँदो रहेछ ।

 

माथिल्लो पदमा म्युजिकल चियरमा मेच घट्न गएझै पदहरू पनि घट्दै जानु स्वभाविकै थियो र कम पदमा आफु अटाउन आफ्नै साथीहरूलाई धक्का दिएर झार्नु वा लडाउनु पर्ने स्थिति आउँदोरहेछ । यही माथिल्लो पदमा जाने चाहनासँगै साथी–साथीबीच घृणाको बीजारोपण हुँदोरहेछ र सबैभन्दा माथिल्लो पदमा कुनै व्यक्ति पुग्न त सक्दो रहेछ तर त्यहाँ पुगुन्जेल लगभग उसका ब्याचका सबै साथी दुश्मन भइसक्दा रहेछन् र ऊ एक्लै भइसक्दो रहेछ । म फर्केर मेरो प्रहरी जीवनलाई नै हेर्छु । मेरो ब्याचमा म सबैसँग मिल्थेँ तर त्यसमा पनि कुनै कुनैसँग त धेरैनै मिल्थेँ । कुनै कुनैलाई त बिदामा म घरमै ल्याएर खाना खुवाउँथेँ किनकी उनीहरूको काठमाडौँमा घर थिएन ।

 

तर जब म डिआइजी हुने समय आयो र म एक्लैमात्र प्रतिसपर्धी थिएँ । त्यतिबेला तिनै साथीहरूले मलाई पदोन्नति हुन नदिन खुब षड्यन्त्र गरे । नेताहरूको घर–घरमा पुगेर वा आइजिपीको कान भरेर मलाई पदोन्नति दिन हुन्न वा दिए हामी सबैलाई एकैपल्ट दिनुपर्छ भनेर बाधा तेस्र्याए । पद एउटा खाली थियो । उनीहरू मभन्दा झण्डै एक वर्ष र त्यो भन्दा जुनिएर थिए । हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

 

झण्डै एक वर्ष अगाडिको फोटोमा ध्यान गयो । एक फोटो थियो जसमा नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीको लहरै अनुहारहरू थिए र त्यो फोटो मुनी ‘भावि आइजिपीको दौडमा रहेका अधिकृतहरू’ भनी लेखिएको थियो । फोटो राम्रै थियो । मलाई लाग्छ त्यो फोटो प्रकाशित हुँदा नेपालीहरूलाई लागेको थियो होला कि अब प्रहरीमा सशक्त अफिसरहरू आउने छन् र हामीलाई सुरक्षा दिनेछन् । तत्कालीन प्रहरी फौजलाई पनि लागेको थियो होला की अब प्रहरी संगठनले उपेन्द्र अर्यालको ज्यादतीबाट मुक्ति पाई एउटा नयाँ युग पाउनेछ । पूर्व प्रहरी संगठनलाई पनि लागेको थियो कि अब प्रहरी प्रधान कार्यालय र संगठन मिली केही ठूलै रचनात्मक काम हुनेछ । ती चार जनाको फोटो देखेर सबै वर्गले आ–आफ्नै प्रकारले देश र संगठनलाई राम्रो हुने कल्पना गरिरहेका थिए । तर अधिकृतहरूको अनुहारमात्र हेरेर भित्री कुरो बुझ्न सकिँदोरहेनछ । बमबहादुर भण्डारीज्यूबाहेक सबै ती फोटोका अनुहारहरू ‘आइजिपी म नै हुनुपर्छ’ भन्ने अडान साथ गृहकार्यमा थिए ।

 

यस्तो समयमा सरकार र बहालवाला आइजिपीले नियम, परम्परा र सिनियरिटी आदि हेरी कुनै एकलाई प्रहरी प्रमुखमा सिफारिश गरी न्यायीक र फौजलाई पच्ने प्रकारको निर्णय लिनु पथ्र्यो तर त्यस बेलाका सरकार प्रमुखनै त्यो न्यायिक परम्परा मान्ने पक्षमा थिएनन् । उनले सोचे, ‘म सर्वेसर्वा हुँ । सरकार हुँ । प्रहरीहरू दास हुन् । प्रहरीहरूमाथि जे निर्णय गरे पनि यिनीहरूमा प्रतिवाद गर्ने क्षमता हुँदैन ।’ हुन त सरकार प्रमुख, गृहमन्त्री, गृहसचिव र प्रधानमन्त्रीलाई यस्तो आँट एकैदिनमा आएको थिएन । २०४८ पछि हाम्रै प्रहरीका उच्च अधिकृतहरूले नै आफ्ना साथीभाइलाई तथा प्रतिद्वन्द्वीलाई विवादमा पारेर वा पदच्यूत नै गरेर वा नियम नै परिवर्तन गराएर जागिरबाट निकाल्न मन्त्री र प्रधानमन्त्रीलाई आफैले सिकाइदिएका थिए । धेरै प्रहरी प्रमुखलाई एकपछि अर्को गरी निकाल्ने, चाहेकोलाई हाल्ने गरेर सरकार प्रमुख र गृहमन्त्रीले प्रहरीको नाडी छामी सकेका थिए । यही आँट नवराज सिलवालको ब्याचमा पनि देखियो । जुन दिन आइजिपीमा पहिलो निर्णय भयो त्यही दिनबाट फोटोमा देखिएका चार शान्त अनुहारहरू अशान्त भए । सुरु भयो पैसाको, शक्तिको, न्यायालयको, राजनैतिक दलको प्रयोगको खेल । यो अस्वस्थ खेल यतिसम्म नराम्रो चरणमा पुग्यो कि एउटै ब्याचका एउटै थालमा खाएका साथीहरू एक अर्कालाई झुठा मुद्दा लगाएरै भए पनि थुन्नेसम्मको स्थितिमा पुगे । आखिर यो अवस्था किन आयो त रु के नवराज, जयबहादुर, बमबहादुर र प्रकाश अर्याल बदमास थिए रु वा त्यो पद नै कारण थियो जसले उनीहरूलाई बदमास बनायो । हुन सक्छ भोलि सब पदबाट बाहिरिएपछि फेरि एक अर्कोले एक अर्कालाई साथी देख्न सक्लान् । तर पदका लागि प्रहरी अधिकृत आफ्नै साथीविरुद्ध कतिसम्म तल झर्न र हिंस्रक हुन सक्छन् भन्ने इतिहासमा यी चार अनुहारहरूले उदाहरण छोडेर गए । साथी नामको यो भन्दा ठूलो उपहास भोलिका प्रहरीहरूले सायदै देख्लान् ।


अहिले मेरो समयका मैले बदमास ठानेका तर उहाँहरूले मलाई बदमास ठान्नु भएका साथीहरू ढाक्रे भइसक्नु भएको छ । उहाँहरू माथिल्लो पदमा पुगे पनि त्यसले उहाँहरूलाई समाजमा खासै फाइदा पु¥याएको छ छैन मलाई थाहा छैन । अब एक दुई महिनामा प्रकाश अर्यालज्यूहरू पनि ढाक्रे हुनुहुने लक्षण देखिएको छ किनकी उहाँहरूलाई ढाक्रे बनाउँदा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीलाई खासै माया नलाग्ला किनकी प्रकाश अर्यालको टिमले पनि आपसमा माया गर्नुपर्छ, एक अर्कालाई जागिरबाटै निकाल्दा संवेदनशील हुनुपर्छ भनी सिकाउनु भएको छैन । नयाँ पुस्ताले पुरानो पुस्ताबाट सिक्ने न हो । जसरी प्रकाश अर्यालको ब्याचले भाइचारा, प्रेम, सद्भावको उदाहरण दिन सक्नु भएन, नयाँ पुस्ताले पनि उहाँहरूबाट के नै सिके होलान् र रु पैसा तिरेर पद किन्ने, राजनैतिक स्वार्थका लागि त्यो पदमा जाने, कीर्ते मुद्दा लगाएरै भए पनि साथीभाइ थुन्ने र व्यापारी, डन, तस्करको मद्दतले त्यो पद पड्काउने, यति यति महिना प्रहरी प्रमुख हुने भनेर सम्झौता गर्ने र सम्झौता नमान्ने, आफ्ना साथीहरूलाई हदैसम्मको घृणा गर्ने आदि उदाहरणहरू भविष्यका सन्ततीहरूले सिक्नु पर्ने कुरा पनि हुन सक्दैनन् । अब प्रधानमन्त्री देउवा बालुवाटार छोड्दै हुनुहुन्छ तर उहाँसँगै प्रहरीका उच्च अधिकृतहरूका राम्रा–नराम्रा यादहरू पनि बालुवाटारबाट सर्नेछन् । यदि पदका लागि कुनै अधिकृतले राजनैतिक व्यक्तिलाई पैसा दिएको रहेछ र त्यो बाचा पूरा भएको रहेनछ भने राजनैतिक व्यक्तिले पद जाने बित्तिकै मै पदमा भइनँ भनेर सजिलै फुत्किन पाउँछन् तर बिचरा कर्मचारी आर्थिकरूपले ठूलै मर्कामा पर्छन् । नयाँ प्रहरी पुुस्ताले बुझ्नुपर्छ कि पद प्राप्त गर्न अनैतिक काम गर्नुहुँदैन । अझ साथीहरू तोडेर तीनलाई चित्त दुखाएर वा तिनीमाथि षडयन्त्र गरेर अप्राकृतिक रूपले त पद लिन हुँदै हुँदैन किनकी त्यो पद प्राप्त गरे पनि साथीले दिने जस्तो खुसी त्यस पदले दिन सक्दैन । साथी जीवनमा खुसी दिने एक महत्वपूर्ण तत्व हुन् । साथीसँगको प्रेम पदभन्दा मिठो छ । पद पाएर पनि साथी भएनन् भने एक्लै भइन्छ । त्यसैले उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ ‘साथी खुसीका श्रोत हुन् ।’

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top