अन्तर्वाताका क्रममा बीबीसीका प्रस्तोताले महिलाको स्तन छोएपछि


Friday, 2 Jun, 2017 6:26 AM

काठमाण्डौ- बीबीसीका कार्यक्रम प्रस्तोतालाई एक महिलाले थप्पड हानेकी छिन् । ती महिलाले लाइभ अन्तर्वार्तामा अवरोध निम्त्याएपछि प्रस्तोताले उनको स्तन समातेका थिए ।

करिब तीन दशकदेखि बीबीसीमा कार्यरत बेन ब्राउनले बीबीसीका सहायक राजनीतिक सम्पादक नोरम्यान स्मिथसँग मंगलबार अन्तर्वार्ता लिइरहेका थिए ।

अन्तर्वार्ताको बिचैमा सनग्लास लगाएकी एक महिला क्यामराको फ्रेममा पर्ने गरी आइपुग्छिन् र ‘बिल्कुल सानदार’ भन्दै मुसुक्क हाँस्छिन् र बुढी औंला देखाउँछिन् ।

उनको अवरोधले रिसाएका बीबीसीका कार्यक्रम प्रस्तोताले उनलाई स्तनमा छोएर त्यहाँबाट हट्ने संकेत गर्छन् र अन्तर्वार्तालाई अगाडि बढाउँछन् । स्मिथले पनि उनलाई त्यहाँबाट हट्नका लागि आग्रह गर्दै भन्छन्, ‘हामीले केही सेकेन्डको समय दिनुहोस्, है त रु’

नाम नखुलाएकी ती महिला त्यसपछि हच्किन्छिन् र त्यहाँबाट जानुभन्दा पहिले ब्राउनको काँधमा मज्जाको थप्पड हान्छिन् । एजेन्सी

Related News

बिचार

सजिलो छैन् गृहमा जनार्दनलाई ,यस्तो छ गृहप्रशासनमा गृहमन्त्रीवाट आशा ?

काठमाडौं । अघिल्लो सरकारमा उर्जामन्त्रीमा चर्चा कमाएका जनार्दन शर्माले अहिले गृह सम्हालेका छन् । तर, चुनौतिको पहाडमा आइपुगेका जनार्दनले कस्तो काम गर्लान् भनेर धेरैले चासो लिएका छन् । गृहमन्त्रालय अन्र्तगत ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायहरू छन् । अबको केही महिना वा सरकार छिटो परिवर्तन नभए केही बर्ष जसको नेतृत्व उनै जनार्दशन शर्माले गर्नेछन् । माओवादी युद्धकालमा कमाण्डर समेत रहेका शर्मालाई उर्जा मन्त्रालयमा सम्हालेपछि गरेका केही राम्रा कामले चर्चाको शिखरमा पुरयाइदियो । तर त्यो शाखलाई गृहमन्त्रालय सम्हालेपछि जोगाउन सक्छन कि सक्दैन भन्ने प्रश्न उठेको छ ।

गृहमन्त्री प्रभाकरलाई ६ टिप्स

उर्जा मन्त्रालयमा बसेर जनार्दन शर्माले राम्रो काम गरेकै हुन,त्यसको निम्ती उनलाइ धन्यवाद दिनैपर्छ । समयलाइ उनलाइ फेरी एउटा महत्वपूर्ण जिम्मेवारी दिएको छ देशको शान्ती सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हाल्ने । आशा गरौँ यसमा पनि उनलाइ सफलता मिलोस , र भन्नैपर्छ आइजीपी बढुवा विवाद अनि त्यसैको सेरोफेरोमा चलिरहेको गुटवन्दी र तेरो मेरो गर्ने संस्कार हुर्कंदै गरेको प्रहरी संगठनलाइ थप अन्योलग्रस्त हुनबाट रोक्न सक्दा उनको सफलताको आरम्भ हुनेछ ।

महत्वपूर्ण वेबसाइट

Top