बाढी र पहिरोमा परी पुर्वी तथा मध्य नेपालमा ३३ जनाको मृत्यु, सयौ विस्थापित जनजीवन कस्टकर


Sunday, 13 Aug, 2017 12:00 AM

काठमाडौ  -पुर्वी नेपालको झापा,  मोरङ, सुनसरी, सप्तरी, रौतहट,  सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण कम्तिमा पनि ३३ जनाको मृत्यु भएको छ । वाढीका कारण सयौ मानिस विस्थापित भएर घरवार विहीन हुदा ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको छ ।

गृहमन्त्री जनार्दनन शर्माका अनुसार हालसम्म बाढी र पहरोमा परी मोरङमा तीन जना, झापामा चार जना, सुनसरीमा सात जना, पाँचथरमा चार जना, बारामा दुई जना,सर्लाहीमा दुई जना, बाँकेमा चार जना, सिन्धुलीमा चार जना, पाल्पामा एक दागंमा एक, मकवानपुरमा एक, जनासहित ३३ जनाको मृत्य भएको हो । घटनामा चार जना वेपत्ता छन । गृहमन्त्री शर्माका अनुसार बाढी र डुवानका कारण संकटको अवस्थामा परेकाहरुको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

झापाको मदना,कपनबास,बाँकेको नारायणपुरमा अप्ठयारोमा परेका मानिसहरुलाई उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिसकिएको गृहमन्त्रालयले जनाएको छ । बाँकेको गोवरी,गावर र गन्दली पुल क्षतिग्रस्त भएको छ । बागमती सिंचाइको बाँध खतरापूर्ण अवस्थामा पुगेका कारण त्यहाँ डोजर पठाइएको गृहमन्त्रालयले बताएको छ । ‘हामीले उद्धारलाई प्राथमिकतामा राखेका छौ’गृहमन्त्री शर्माले भने ‘स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य टोली र उद्योगी व्यवसायीबाट ड्राइ फुड डुवानग्रस्त क्षेत्रमा पठाउने तयारी भइरहेको छ ।’


खोज,उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,तालिमप्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्ति उच्च प्राथमिकताका साथ परिचालन भइरहेको पनि गृहमन्त्रालयले बताएको छ । गृहमन्त्रालयले मुलुकका बिभिन्न नदीहरुको जलसतह बढेको र केहि नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएकोले सबैलाई आ आफनो तर्फबाट उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

Related News

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top