सीमामा सशस्त्रको भूमिका शंकास्पद, विओपीमा कमाण्डर भएर जानेहरूसँग पैसा असुल्दा भुमिका कमजोर


Tuesday, 14 Nov, 2017 12:00 AM

काठमाडौं  -सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका कतिपय चेकप्वाइटबाट अपराधिक गतिविध भैरहेको रहस्य खुलेको छ । गृह मन्त्रालयको एक विशेष रिपोर्टले भारतसँग सीमा जोडिएका दक्षिणतर्फका करिब ६ दर्जन चेक प्वाइन्टमा भन्सार छली र आपराधिक गतिविधि नियन्त्रणमा चुनौती रहेको निष्कर्ष निकाल्दै सशस्त्र प्रहरीले सुरक्षा दिएको चेकप्वाइण्टमा बढी यस्ता क्रियाकलाप भएको दावी गरिएको छ ।

मुख्य नाका र छोटी भन्सारबाहेक दक्षिणतर्फका ७० भन्दा बढी चेकप्वाइन्टमार्फत हातहतियार÷लागुऔषध कारोबार, भन्सार छली तथा विदेशी नागरिकको अवैध आवतजावत हुने गरेको भन्दै मन्त्रालयले पहिचान भएका नाकाको सुरक्षाजाँचमा कडाइ गर्न सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ भने सशस्त्र प्रहरी मूख्यालयलाई भन्सार कार्यालय र सीमा सुरक्षा कार्यालयको सुरक्षा व्यवस्थापनि कमजोर भएको भन्दै कडा गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको रिपोर्टमा उत्तरतर्फ २५ भन्दा बढी नाका तथा सीमा भञ्ज्याङ भए पनि १ दर्जन स्थानमा मात्रै मानिस आवतजावत गर्न मिल्ने उल्लेख छ । राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग र नेपाल प्रहरीको विशेष व्यूरोका अधिकारीहरूले समेत आपराधिक गतिविधि नियन्त्रणमा भारतीय सीमा नाका जोड्ने चेकप्वाइन्ट प्रमुख चुनौतीका रूपमा औंल्याएको मन्त्रालय स्रोतले जनाएको छ । केही दिनदेखि काठमाडौंसहित देशका विभिन्न स्थानबाट बरामद भएका अवैध हातहतियार तथा अपाराधिक मानसिकता बोकेका मानिसहरू यीनै चेकप्वाइन्टबाट भित्रिएको प्रहरी अधिकारीहरूको दाबी छ ।

निर्वाचन सुरक्षा, भन्सार छली, तस्करी र आपराधिक गतिविधि नियन्त्रण गर्न केन्द्रीय सुरक्षा समिति बैठकले सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सीमा सुरक्षा बैठकमै सशस्त्र प्रहरीको भूमिका प्रभावकारी नभएको विषयमा कुरा उठाइएको थियो । भारत र चीन जोड्ने मुख्य नाक, भन्सार र चेकप्वाइन्ट गरी ८७ स्थानमा सशस्त्र प्रहरीले ‘बोर्डर आउट पोस्ट’ (बीओपी) स्थापना गरेको छ । विओपीमा कमाण्ड गर्नेहरूलाई मुख्यालयमा रहेका उच्च अधिकृतहरूले पैसा असुल गरेर पठाएकै कारण उनीहरूले सीमामा कडा गर्न नसक्दा यस्तो अवस्था आएको मन्त्रालय स्रोतले जनाएको छ । ‘विओपीमा कमाण्डर भएर जानेहरूसँग १ देखि ५ लाख सम्म लिनगरेपछि उनीहरूले आफ्नो पैसा असुल्न मात्र होइन दोब्बर बनाउन लाग्दा तस्करी बढ्ने गरेको रिपोर्ट मन्त्रालयमा आएको छ’, मन्त्रालय स्रोतले भन्यो ।

अध्यागमन विभागले समेत दक्षिण तर्फका ७० चेकप्वाइन्टमा आफनो उपस्थिति शून्य रहेको र त्यो अध्यागमन सुरक्षाका लागि समेत चुनौती रहेको बताएको छ । ६ दर्जन चेकप्वाइन्टबाट हुने मानव आवतजावतमाथी निगरानी राख्न आवश्यक रहेको र अध्यागमन सुधार योजनामा समेत यसलाई प्राथमिकतामा राखिएको भएपनि प्रहरी र सशस्त्र प्रहरी दुवैले यस्ता स्थानमा को बस्ने र कस्ले कमाण्ड गर्ने भन्ने विषयमा विवाद समेत रहेको छ । आपराधिक गतिविधि नियन्त्रणमा पहिचान भएका दक्षिणतर्फका ७० भन्दा बढी चेकप्वाइन्टलाई ज्यादै संवेदनशील रूपमारहेका छन्् । अपराधिक गतिविधिमा सञ्चालनमा रहेका नाका भन्दा यी स्थान बढी जोखिम र चुनौतीपूर्ण रहनसक्ने विश्लेषण मन्त्रालयको छ ।

३ वर्षे सुधार योजना अन्तर्गत प्रहरी र सशस्त्र प्रहरीका संयन्त्रसँग समन्वय गरी पहिचान भएका सबै चेकप्वाइन्टमा सुरक्षा तैनाथी बढाउने र मानिस आवतजावतको अभिलेख अनिवार्य रूपमा राख्ने प्रणालीको विकास गर्न लागिएको भएपनि दुइ प्रहरी संगठनवीच जिम्मेवारी लिन विषयमा हानाथाप बढेपछि त्यो योजना समेत अलपत्र परेको छ ।

पूर्व क्षेत्रसहित देशभर सशस्त्र प्रहरीका करिव ८ हजार जनशक्ति सीमा सुरक्षामा तैनाथ छन्् । तर पनि त्यहाबाट अपराधि गतिविधिमा संलग्न भएका व्यक्ति र अवैद्य हातहतियार कसरी भित्रन्छन् भन्ने विषयमा मन्त्रालयले गम्भीर चूनौतिको रूपमा विष्लेषण गरी अनुसनधान थाल्ने बताएको छ । दुइ वर्ष अघि शक्तिबहादुर बस्नेत गृहमन्त्री हुदा सुनसरीमा भारतइी सुरक्षा बल एसएसबीले नेपाली भूमिमा प्रवेश गरी चारजना नेपाली युवामाथि गोली हानेको घटनापछि सशस्त्र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्नचिह्न खडा भएको भन्दै स्पष्किरण समेत लिएका थिए । त्यतिबेला सुनसरीको भान्टाबारी बजारभन्दा करिब एक किलोमिटर दुरीमा रहेको पूर्वीटोलमा एसएसबीले रासायनिक मल बोकेका किसान युवालाई लखेटेर गोली प्रहार गरेको थियो ।

एसएसबीले नेपालभारत सीमाभन्दा पाँच सय मिटरभित्र पसेर गोली हान्दा पनि सीमामा खटिएका सशस्त्र प्रहरीले तत्कालै थाहा नपाएको भन्दै गृहमन्त्री बस्नेतले आईजीपी वन्तसँग स्पष्टीकरण लिएका थिए । अहिलेपनि अपराधिक समूहहरू नेपाल आएर अपराधिक गतिविधिमा संलग्न हुदा पनि सशस्त्र थाह नपाएको भन्दै मन्त्रालय सशस्त्रको भूमिकामा असन्तुष्ट बनेको हो ।

Related News

बिचार

प्रहरी टुलुटुलु हेरेर बस्ने कि सरकारको निर्देशन कुरेर बस्ने ?

माओवादी आन्दोलन उत्सर्गमा पुगेका बेला (०५६) पनि प्रहरीले नै सुरक्षा रणनीति बनाएर चुनाव गराएको थियो। त्यतिबेला सरकार पहिला उभिन्थ्यो र पछि प्रहरी उभिन्थ्यो। तर, अहिले परिस्थित ठीक उल्टो बनेको छ। सरकार निर्णय र स्पष्ट निर्देशन दिन नसक्ने, प्रहरी नेतृत्व कताकता अल्मलिने देखिएको छ। प्रहरीले आदेश र निर्देशन कुरेर सम्भव छैन। ठूला घटनामा पठाउँदैको बेला ब्रिफिङ गरेर सरकारले भन्नुपर्छ कि अन्तिम समयमा तिमीहरूको हतियार नै खोस्न लागे वा ज्यान लिन लागे भनी अधिकतम अधिकार प्रयोग गर भनेर। ०५६ सालमा तत्कालीन विद्रोही माओवादी चुनाव हुन दिँदैनौं भन्दै बन्दुक र गोलीगठ्ठा बोकेर हिँडेको थियो। राज्यले पनि प्रहरी संगठनलाई ‘तिमीहरू जुनसुकै निर्णय गर्न पनि खुला छौु भनेर अधिकार दिएको थियो। मैले संगठनको नेतृत्व गरेको थिएँ। प्रहरी जवानदेखि सिनियर अधिकृतलाई जुनसुकै घटनामा ‘तिमीहरू नै निर्णयको भागीदार छौु भनेर सन्देश दिएको थिएँ। त्यस्तो अवस्थामा पनि चुनाव गराइयो। तत्कालीन समयमा शंका लागेका व्यक्ति वा समूहलाई ‘प्रि-एरेस्टु गरेका थियौं, जुन छिमेकी मुलुक भारतमा समेत गरिन्थ्यो। ठूला घटनामा सुरक्षा रणनीति सेनासँग समन्वय गरेर प्रहरी मुख्यालयभित्रै बन्थ्यो। अहिले सुनेको छु, गृह मन्त्रालयमा बन्छ रे !

बाऊको बिहे हेर्ने अवस्थामा पुग्ने जस्तो छ नेपाली कांग्रेस

यस्तो अवस्था रहदाँ रहदै काँग्रेसले माओवादी-एमाले जिते मुलुकमा सर्वसत्तावाद आउने कल्पनाको कुरालाई मुख्य चुनावी मुद्दा बनायो । यही हावादारी कुरालाई काँग्रेसले सर्वत्र उचाल्दै छ । बिमलेन्द्र निधी देखि गगन थापाले सम्म यसैमा जोड दिई रहेको देखिन्छ । पहाडको अवस्था मलाई धेरै थाहा छैन । पहाड वारे स्वंय काँग्रेसमै संत्रास देखिन्छ । तर मधेसमा त काँग्रेसको यो प्रचार टाउको दुख्दा नाईटोमा ओखति लगाए जस्तो भएको छ । सबैले बुझेको छ, काँग्रेसले खेलेको यो बचकाना खेल एमाले बिरूद्धको एक फगत आलोचना मात्र हो । काँग्रेसको आरोप झै यहाँ कुनै अधिनायकवाद आउने बाला छैन । तर, के नेपालका कम्युनिष्टहरूले सधै भारतलाई तारो बनाए झै अब नेपाली काँग्रेसले पनि सोही बाटो अपनाएको हो त ? आज काँग्रेसमा एक से एक जानकार तथा संवेदनशील मानिसहरू रहेको देखिन्छ, तरपनि सबै काँग्रेसीले यही कुरा फलाक्दै हिडीरहेको छ । काँग्रेसका सबै उम्मेदवारहरूले एमालेका बिरूद्ध यही सर्वसत्तावाद र अधिनायकवादको मुद्दा उचाल्दै भाषण गरिरहेको भेटिन्छ । सत्य त के हो भने शेर बहादुरको सरकार उपर ठूलो नैतिक प्रश्न खडा गर्दै सरकार मै सहभागी रहेका माओवादीले एमालेसंग चुनावी गठबन्धन बनाए पछि तत्काल रिसाएको काँग्रेसले रिस कै झोकमा बाम गठबन्धन बिजयी भए-देशमा कठोर अथवा स्टालिन कालको साम्यवाद आउने भनेको थियो । यसो भनेर वामपंथी ध्रुविकरणको बिरूद्ध कुनै रूपमा चुनावी फायदा लिन सकिन्छ कि भन्ने काँग्रेसको फुच्चे दाँउ हुनसक्छ ।

महत्वपूर्ण वेबसाइट

Top