क्यासीनोे अन्नाका एक हजार मजदुर सडकमा, शाहको गुण्डागर्दी


Tuesday, 9 Jan, 2018 12:00 AM

काठमाडौ -दरबारमार्ग स्थित होटल अन्नपूर्णमा रहेको क्यासीनोे अन्नाका कारण एक हजार मजदुर अहिले सडकमा पुगेका छन् । भूकम्पको मौका छोपी होटल व्यवस्थापनले क्यासीनोे रहेको भवन नियतबस भत्काएपछि एक हजार मजदुर तिन बर्षदेखि सडकमा छन् । क्यासीनोे खुल्ने र पुनः रोजगार पाउने आशमा बसेका मजदुरहरू तीन बर्षपछि फेरी थप पिडामा पर्ने भएका छन् । होटल व्यवस्थापनले क्यासीनोे चलाउने जिम्मा गैरकानुनी तरीकाबाट विनय शाहलाई सुम्पिएपछि मजदुरहरू थप पिडामा छन् ।  नयाँ क्यासीनोे सञ्चालकका रूपमा देखा परेका शाहले पुराना मजदुरलाई पुनः बहाली नगर्ने चेतावनी दिदै शनिवारको कान्तिपुर दैनिकमा नयाँ मजदुरको आवश्यकता भन्दै विज्ञापन गरेपछि मजदुरहरू थप पिडामा परेका हुन् ।


यस बिषयमा केही मजदुरहरू शाहसँग जिज्ञासा राख्न जाँदा शाहले ज्यानमार्ने धम्की दिँदै प्रहरी बोलाएर हातपात गर्न खोजेको मजदुरहरूले  बताए । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितीको प्रतिवेदन २०७२ ले समेत सरकारी निकायलाई दोषी देखाउँदै महाभूकम्पको मौका छोपी होटल व्यवस्थापनले आफुखुसी अनियमित ढंगले उक्त क्यासीनोे सञ्चालन रहेको भवन भत्काएर समस्या झन् बढाएको ठहर गरेको थियो । श्रमिकहरूको भनाई एवम् स्थलगत अबलोकन भ्रमण पश्चात समितीले यो ठहर गरेको हो । समितीले बन्द रहेको क्यासीनोे सञ्चालन गर्न दिई सरकारको रोयल्टी, श्रमिकको रोजगारी तथा पाउनु पर्ने सबैको बाँकी बक्यौता असुल उपर गर्नु पर्नेमा सबै कुरा नबुझि क्यासीनोे संचालनको सहमति बिना नै भवन भत्काउन सहयोग गर्ने तत्कालिन सरकारी निकायलाईसम्म कारवाहीको माग समितीले गरेको थियो । तर समितिको प्रतिवेदनलाई वास्ता नगरी पुनः सरकारका केही भ्रष्ट कर्माचारीको मिलोमतोमा शाहले नयाँ अनुमतीपत्र लिई नाम समेत परिवर्तन गरी सोही होटलमा क्यासीनोे सञ्चालन गर्न सुरू गरेका छन्् । उता क्यासीनोे मजदुर भने शाहबिरूद्ध अदालत जाने तयारीमा छन् ।


शाहले गुण्डागर्दी शैलीमा पुरानो मजदुरलाई पेल्दै नयाँ मजदुरको आह्वान गरेपछि उनीहरू त्यसको बिरूद्ध अदालत जाने तयारी गरेको क्यासीनोे अन्नाका मजदुर मुरारी दहालले  बताए । क्यासीनोेका सबै मजदुर संगठन एक भएर शाहबिरूद्धको लडाईमा उत्रिएको अर्का मजदुर रूपनारायण श्रेष्ठ जानकारी दिए ।


क्यासीनोे बन्द पश्चात दुई बढी महिला मजदुर विदेशी भूमीमा आफ्नो श्रम बिक्री गर्दै आएका अन्ना क्यासीनोेका प्रकाश घिमिरेले बताए । उनले भने,‘एक दर्जन जतिले बिरोजगारका कारण आत्माहत्या गरीसकेका छन् । पुन शाहले मनपरी गरेर हामी माथि गुण्डागर्दी नरोक्ने हो भने सयौं मजदुर होटल परिसरमा झुण्डीन तयार छौं ।’ शाह पछिल्लो समय विवादस्पद व्यापारी हुन् । उनी पनि कुनै ताका क्यासीनोेका मजदुर थिए ।

Related News

बिचार

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

अध्यन खोज विना रातारात जेर्णेलको ५ पदथप गर्ने कुचाल देशको हीतमा छैन

केही दिन यता सशस्त्र प्रहरी वलमा विशिष्ठ श्रेणीको पद ५ वटा थप गर्ने चलखेल भईरहेको खवरले व्यापकता पाएको छ । उक्त संगठनमा ११ वर्ष पुगेका ईन्सपेक्टरहरु डीएस्पीमा र १२ वर्ष पुगेका सिपाही सहायक हवल्दार सम्म हुन पाएका छैनन । देशमा ऐतिहासिक राजनैतिक परिवर्तन भएको दशकौ हुदा सम्म कुनै अध्यन कार्यदल वनेको छैन आवश्यक सुधार विकासका लागि । वर्तमान संविधान २०७२ अनुसार सशस्त्र प्रहरी वल, नेपाल केन्द्रीय शक्तिको रुपमा रहनेछ । यसको आवस्यकता वढेको छ र परिचालन पनि सोही अनुसार केद्रवाट हुने भएकोले अत्यन्तै दूरदृष्टि राखेर निर्णय लिनु उपयुक्त हुनेछ । यसलाई परम्परागतको स्थानीय प्रशासन र जनपद प्रहरीको ढांचामा सुजपुझ विना अल्प सोचका आधारमा कोठे राजनीतिका तरिकामा निर्णय गर्ने हो भने सेतो हात्ति वा सेरोमोनिएल र खर्चिलो हुनेछ । सुरक्षा काम कार्वाहीलाई असरदार र व्यवशायिक वनाउनस मातहतको दरवन्दी विस्तार गरी रेस्पोन्स क्यपासिटी वनाउनु पर्नेमा माथील्लो अहोदाको विशिष्ठ श्रेणीको जर्णेल पद थप गर्ने सोचले हतारको निर्णय फुर्सदको पछुताई हुनेछ । कुनै पनि फौजी संगठनमा स्ट्राटेजीक लेभल, विजेनस वा डिर्पाटमेण्टल लेभल तथा फंगसनल लेभल विचको सन्तुलन मिलेन भने फौज सेरामोनिएल वनाउन खोज्दा उट वने जस्तो नहोस ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top