अपराध

लागु औषध कारोवारमा संलग्न तिनजना वालाजुवाट प्रक्राउ

काठमाण्डौ– वालाजु प्रहरीले लागुऔषध कारोवारमा संलग्न तिन जनालाई प्रक्राउ गरेको छ । प्रहरीले उनिहरु लागु औषध कारोवारी रहेको दावी गरेको छ ।  वालाजु प्रहरी वृतका प्रमुख डिएसपी सन्तोष तामाङकाअनुसार प्रहरीले उदयपुर घर भई काठमाण्डौ वस्ने देवराज तामाङ, वालाजुकै सचिन श्रेष्ठ र विरगंज घर भई वालाजु वस्ने सौरभ लामालाई प्रक्राउ गरेको छ । प्रक्राउ परेका तिनै जनालाई प्रहरीले आइतवार मुद्दा चलाएको छ । प्रहरीले तामाङवाट लागु…विस्तृत समाचार »

राजनीतिक आवरणमा दिनेशले यसरी गर्थे लागु औषधको धन्दा

-   धादिङमा उत्पादित चरेश थाईल्याड पठाउने र थाईल्यान्डबाट लागु औषध नेपाल भित्राउने -    प्रहरीको आँखामा धुलो हाल्न अन्य लागु औषध कारोबारीको सूचना प्रहरीलाई दिदै आएको - पैसा खर्च गरेर तरुण दलको जिल्ला अध्यक्षमा मनोनित भएको दुई महिना नवित्दै लागु औषध मुद्दामा जेल चलान काठमाडौं । राजनीतिक आवरणमा गुण्डागर्दी गर्दै आएका गुण्डा नाईकेलाई अहिले ज्यान जोगाउन मुस्किल छ । राजनीतिक दलका छत्रछायाँमा राजधानीमा गुण्डागर्दी गर्दै आएका…विस्तृत समाचार »

सेनाको कल्याणकारी कोषमा ३७ अर्ब ४७ करोड

काठमाडौं– एक करोड २४ लाख १ हजार रुपैयाँबाट सुरु भएको नेपाली सेनाको कल्याणकारी कोषमा ४१ वर्षमा ३७ अर्ब ४७ करोड रुपैयाँ जम्मा भएको छ । शान्ति सेनामा जाने सैनिकहरुले बुझाउने रकम मुख्य स्रोत रहेको सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म ३७ अर्ब ४७ करोड ३ लाख रुपैयाँ जम्मा भएको हो । कोषले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी गत आर्थिक वर्ष मात्र कोषमा २ अर्ब ७१…विस्तृत समाचार »

बुद्धचित्त लुट्ने गिरोहलाई सोह्खुट्टे प्रहरीले समात्यो

काठमाण्डौ– सोह्खुट्टे प्रहरीले लुटपाट संलग्न दुई जनालाई प्रक्राउ गरेको छ । सोह्खुट्टे प्रहरी प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरकाअनुसार प्रक्राऊ पर्नेहरुमा काभ्रे घर भएका राज लामा र वल बहादुर तामाङ रहेका छन् । उनिहरुलाई ठमेलवाट २० हजार नगदसहित काभ्रेवाट लुटेको करिव १२ लाख  बरावरको वुद्धचित्त समेत बरामद गरेको प्रहरीले जनाएको छ । “ठमेलमा लुटपाट भईरहेको सुचनाका आधारमा हामीले सिभिलमा टोली परिचालित गरेका थियौ, चेकजाचको क्रममा दुई जना…विस्तृत समाचार »

अफगानिस्तानमा नेपाली सुरक्षा गार्ड चढेको बसमा आत्मघाती हमला

काठमाडौं— अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षा गार्ड चढेको बसमा आत्मघाती हमला हुदा  सोमबार बिहानै १४ जना नेपालीको मृत्यु भएको छ । बसमा केहि पिलोपिनोहरु समेत रहेकाले मृत्यु हुने सबै नेपाली हुन होईनन स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । काबुल प्रहरी प्रमुख अब्दुल रहमान रहमीले घटनामा मृत्यु हुनेहरु नेपाली र अफगानी रहेको बताए। कति नेपालीको मृत्यु भएको हो भन्ने उनले खुलाएनन्। गृह मन्त्रालयका प्रवक्ताले ट्विट…विस्तृत समाचार »

नक्कली शैक्षिक प्रमाणपत्रधारी प्रहरी विरुद्धआरोपपत्र दायर

काठमाडौ -महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी नायब निरीक्षक सुधीर विक्रम शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ । शाहले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद् पटना, भारतबाट सन् १९९५ मा आइए तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली एवम् झुठा देखिन आएको आयोगले जनाएको छ । उनीउपर साविक भ्रष्टाचार…विस्तृत समाचार »

सत्तरी तोला सुनसहित दुई पक्राउ

लहान -प्रहरीले सिरहा नगरपालिका–११ स्थित भलुवाही चोकबाट गएराति ७० तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा सुनसहित सिरहा नगरपालिका–१० सारस्वर निवासी २१ वर्षीय तमन्ना दफाली र सोही ठाउँका २२ वर्षीय मोहमद इजराइल दफालीलाई पक्राउ गरेको हो । स६प ६३२४ नंको पल्सर मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँचका क्रममा १०÷१० तोलाको सातवटा सुनको बिस्कुटसहित पक्राउ गरेको जिल्ला प्रहरी…विस्तृत समाचार »

पिर्काले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ

गोरखा -पिर्काले हानेर श्रीमतीको हत्या गरेको आरोपमा गोरखाको थालाजुङ–३ का ६० वर्षीय टेकबहादुर अधिकारी पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी पिर्काले हानेर ४५ वर्षीय श्रीमती नानुमाया अधिकारीको हत्या गरेको आरोपमा आज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । रक्सी खाएर मातेका अधिकारीले बुधबार अपराह्न श्रीमतीलाई पिर्का प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । नानुमायाको टाउको…विस्तृत समाचार »

रुकुमका करिब छ हजार बालबालिका विद्यालय बाहिर

रुकुम -गत हप्तामात्रै रुकुमलाई साक्षर जिल्ला घोषणा गरिए पनि जिल्लामा अझै पाँच हजार ७६२ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लामा विभिन्न कारण यति धेरै बालबालिका विद्यालयको पहँुचभन्दा बाहिर रहेको प्रतिवेदन जिल्ला बाल कल्याण समिति, रुकुमले सार्वजनिक गरेको हो । खलङ्गामा आज आयोजित एक कार्यक्रममा रुकुम जिल्लामा अहिले खासगरी बाल विवाह, बाल यौन दुव्र्यवहार, बालश्रमिक, बालबालिका ओसारपसार, द्वन्द्वपीडित बालबालिकालाई संरक्षणको अभावलगायतका समस्या…विस्तृत समाचार »

संघ बेचेर मालामाल ढकाल

काठमाडौं - गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैं वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले नयाँ चर्तिकला देखाएका छन् । कहिले फ्रि भिषा फ्रि टिकट त कहिले स्वास्थ्य व्यवसायी महासंघसँग मिलेर रोजगारीका लागि विदेश जाने नेपाली कामदारको पैसामा रजगज गर्दै आएका अध्यक्ष ढकालले अहिले बीच बाटोमा नै विष्ट्याउन थालेपछि देख्नेहरुले नै लाज मान्न थालेका छन् । संघलाई आम्दानीको स्रोत वनाएका ढकाल पैसा भनेपछि हुरुक्कै हुने प्रवृतिका…विस्तृत समाचार »

बिचार

प्रचण्डको उत्तरायण - सुधीर शर्मा

प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङलाई यसअघि नभेटेका होइनन्, तर अबको तेस्रो भेटका लागि भने उनी निकै आतुर देखिन्छन् । आफ्नो सत्तायात्रा उत्तरार्द्धतिर धकेलिंदै जाँदा उत्तर छिमेकीसँग सम्बन्ध कसरी सुधार्ने भन्ने ‘चिन्ता’ उनमा बढ्दै गएको छ । बेइजिङ पुगेर, राष्ट्रपति सीसँग द्विपक्षीय वार्तालाप गरेर मात्र बोआओ सम्मेलनमा भाग लिन जाने प्रचण्ड–चाहना त्यसैको अभिव्यक्ति हो । तर बेइजिङ–वार्तामा हुन्छ के भन्ने कुराको अन्तिम टुंगोचाहिं लागिसकेको छैन, न त प्रचण्डप्रति टुटेको चिनियाँ विश्वास पूर्ण रूपमा पुनस्स्थापित भइसकेको छ ।

गठबन्धनका ठुल्दाइको आदेशले प्रहरी संगठन व्यावसायिक नेतृत्वबाट वञ्चित

अहिले प्रहरी प्रशासनमा कमान्ड सम्हालेको नेतृत्व छैन, नियतिले कमान्ड संरचनाबाहिरको प्राविधिक जागिरेको कामचलाउ नेतृत्व छ । कमान्ड संरचनामा रोलक्रमको महत्त्व धेरै अर्थपूर्ण हुन्छ । यो पार्टीगत वा सत्तारूढ कुनै नेताको प्राथमिकताको कुरा होइन । त्यो कथं मिचिँदा मिचिनेले पनि चित्त बुझ्दो आधार पाउने ठाउँ हुनुपर्छ । गठबन्धनका ठुल्दाइको आदेशले प्रहरी संगठन अहिले व्यावसायिक नेतृत्वबाट वञ्चित छ । यसले प्रहरीको संस्थागत कमान्ड संरचनामा कस्तो मनोविज्ञान बनेको होला रु कुन नेतालाई के कस्तो सेवा सत्कार पुर्‍याए प्रहरी प्रमुख बन्ने योग्यता पुग्छ भन्ने चाकरीभावले प्रहरी मात्र होइन, राज्यका तमाम संयन्त्र ग्रस्त छन् । आफ्नो नियुक्तिदेखि सरुवाबढुवा सबै कुरामा हावी हुने गरेका पार्टी र नेताप्रतिको ऐन मौकामा बफादारी देखाउने चुरीफुरी पनि यस्तो घातक प्रहारको कारक हुँदैन भनेर भन्न सकिन्न ।

महत्वपूर्ण वेबसाइट

Top